
मुम्बई । मानिसको बाक्लो चहलपहल हुने लोकप्रिय समुद्री किनार जुहु बीचमा शुक्रबार बिहानै ३० फिट लामो र करिब २० टन तौलको विशाल व्हेल मृत भेटिएको छ ।
प्रभात भ्रमणमा निस्केका स्थानीबासिन्दाले समुद्री किनारमा ३० फिट लामो व्हेल माछा देखेका थिए । बिहीबार मध्यराति समुद्रबाट बगेर आएको ब्राईडे प्रजातिको यो मृत व्हेललाई हेर्न मानिसहरुको घुयँचो लागकेोछ ।
पुलिस र जूहूवासीका अनुसार यहाँको इतिहासमै पहिलो पटक कुनै व्हेल माछा ‘मृत या जीवित’ बगेर समुद्री किनारमा आइपुगेको हो । मुम्बई महानगर पालिका र वन्य सरंक्षण टीमले यसलाई हटाउन कोशिस थालेका छन् । तर हजारौं किलोको यो व्हेललाई हटाउन उनीहरुका लागि चुनौती बनेको छ ।
व्हेलको जाँच गरिरहेको फोरेन्सिक टीमका अधिकारी अनिमेष लिमाये भने, ‘यसको मृत्युको पहिलो कारण फोहोर खाना हुन सक्छ । यो एक युवा व्हेल हो र यसको आयु धेरै लामो हुन्छ ।’
उनका अनुसार यो व्हेल एक दुई दिनअघि नै मरेपछि समुद्रको लहरमा बग्दै यहाँ आइपुगेको हो । घटनास्थलमा रहेका स्थानीयले बीबीसीसँग कुरा गर्दै बताए अनुसार शुरुमा जीवितै रहेको अनुमान गरिएको व्हेलको शरीरबाट रगत बग्न थालेपछि मरेको पत्ता लागेको हो ।
प्रंकाशित: हिन्दुस्तान टाइम्स, माघ १५, २०७२ / २.१५
वि.सं.२०७२ माघ १५ शुक्रवार १५:०४ मा प्रकाशित