
लण्डन । जिका भाइरसको डरलाग्दो रुपमा विस्तार हुन थालेपछि विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०को आपत्कालीन टिमले जिकालाई विश्वव्यापी संकट घोषणा गर्ने विषयमा सोमबार छलफल गर्ने भएको छ ।
यसअघि पश्चिमी अफ्रिकामा फैलर ११ हजारजनाको ज्यान लिएको इबोलालाई विश्वव्यापी संकट भनिएको थियो ।
लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरस अहिले अमेरिकी क्षेत्रका २० भन्दा बढी राज्यमा फैलिसकेको छ । जिका भाइरस पहिलोपटक सन् १९४७ मा युगान्डामा देखा परेको हो । तर अहिलेसम्म यसले यो हदसम्म नोक्सानी गरेको थिएन ।
ब्राजिलले गत वर्षको मेमा जिका संक्रमणबारे जानकारी दिएको थियो । धेरैजसो संक्रमणमा लक्षण नै नदेखिनु र परीक्षण गर्दा पनि देखा नपर्नु यो भाइरसको एकदमै अप्ठेरो पक्ष हो । ब्राजिलमा मात्र अहिले १५ लाख यसबाट प्रभावित छन् ।
बीबीसी, माघ १५, २०७२ / ३.१५
वि.सं.२०७२ माघ १५ शुक्रवार १६:०७ मा प्रकाशित