
काठमाडौं । नेपाल आयल निगम व्यवस्थापनले डिपो र विभागहरुकम कर्मचारी हेरफेर गरेको छ । १५ दिन नवित्दै आन्तरिक लेखापरीक्षण विभागमा पुगेका सिताराम पोखरेललाई अर्थ विभाग प्रमुख बनाइएको छ ।
निगमको कार्यकारी निर्देशक गोपालबहादुर खड्का आएपछि १५/१५ दिनमा सरुवा हुन थालेको हो । निगम व्यवस्थापनले थानकोट डिपो प्रमुखमा नेत्र काफ्लेलाई ल्याएको छ । भारतको अघोषित नाकाबन्दीपछि थानकोट डिपो जाने उनी निगमका तेस्रो कर्मचारी हुन् ।
नाकाबन्दीको बेला तेलमा कालोबजारी गर्न सघाएको, रिमोट राखेर उपभोक्ता ठग्ने पम्पसँग मिलेमतो रहेको भन्दै तात्कालिन थानकोट डिपो प्रमुख रविनकुमार शर्मालाई प्रहरीले पक्राउ गरेपछि जगन्नाथ घिमिरेलाई जिम्मेवारी दिइएको थियो ।
आपूर्तिमन्त्री गणेशमान पुनको रोजाईमा परेर थानकोट डिपो पुगेका घिमिरेले निजी क्षेत्रबाट तेल ल्याउन अनुमति पाएको विराट पेट्रोलियमलाई ल्याएको पेट्रोल निगमको बिक्रेतामार्फत बिक्री गर्न दिने निर्णयको विरुद्धमा राजीनामा दिएका थिए ।
वितरण विभाग प्रमुखमा पुन दीपक बराल आएका छन् ।
माघ १५, २०७२/ ४.१५
वि.सं.२०७२ माघ १५ शुक्रवार १६:३५ मा प्रकाशित