
काठमाडौं । यो सातामा सुन र चाँदी दुबैको मूल्य बढेको छ । साताभरमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले महंगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार साताको पहिलो दिन प्रतितोला ५० हजार २ सय रुपैंयामा कारोबार भएको सुन साताको अन्तिम दिन शुक्रबार ५१ हजार ३ सय रुपैंयामा कारोबार भएको छ।
साताको शूरुवात आइतबारदेखि निरन्तर उकालो लागिरहेको सुनको मूल्य विहीबार साताकै सबैभन्दा बढी ५१ हजार ५ सय रूपैयाँसम्म पुगेको थियो । शुक्रबार २ सय रूपैयाँले घटेर ५१ हजर ३ सय रूपैयाँमा कारोबार भएको महासङ्ले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढिरहेकै बेला सुनको भाउ पनि पढेको हो । त्यसैगरी, साताभरमा चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलाको ६ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी विहीबार ६ सय ९५ पुगेको थियो भने शुक्रबार तोलामा ५ रुपैंयाले घटेर ६९० रुपैंया पुगेको महासंघले जनाएको छ ।
१६ माघ २०७२
वि.सं.२०७२ माघ १६ शनिवार १३:१८ मा प्रकाशित