
गोरखा । जिल्ला अदालत गोरखाका न्यायधीश चढ्ने बा ९ च २७०७ नम्बरको कार शनिबार बिहान ११ बजे दुर्घटना भएको छ । दुर्घटनामा चालक तोरणबहादुर थापा घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ ।

गोरखा नगरपालिका– ७ आहालेमा अदालतको सेवा बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा सहभागी अदालतका कर्मचारीलाई पु¥याएर न्यायाधीशलाई लिँन फर्कँदै गर्दा दुर्घटना भएको हो ।
करिब पाँच मिटर तल खसेर कार पराल राखिएको टौवामा अड्किएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घाइते चालकको गोरखा अस्पतालमा उपचार भइरहेको छ।
१६ माघ २०७२
वि.सं.२०७२ माघ १६ शनिवार १३:३३ मा प्रकाशित