
काठमाण्डौं । भारतले नेपालका ६ स्थानमा अन्तर्देशीय विद्युत प्रसारण (क्रस बोर्डर ट्रान्समिसन) लाइन निर्माण गरी विद्यतुत व्यापार गर्ने विषयमा सारकात्मक रहेको संकेत दिएकोछ ।
ऊर्जामन्त्री टोपबहादुर रायमाझी र नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा सचिव प्रदीपकुमार पुजारीबीच भएको छलफलमा यस्तो संकेत मिलेको हो ।
कैलालीको अत्तरिया र लम्की, बाँकेको कोहलपुर, रुपन्देहीको बुटवल, धनुषाको ढल्केबर र सुनसरीको दुहबी गरी ६ वटा प्रसारण लाइन बनाउने विषयमा सहमति भएको स्रोतले बतायो ।
दुई देशबीच विद्युत व्यापार गर्न बन्ने यी प्रसारण लाइन ४०० केभीका हुने छन् । निर्माणको अन्तिम चरणमा रहेको ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनबाट केही दिनमै ८० मेगावाट विद्युत आयात हुनेछ ।
माघ १७, २०७२/ १२.००
वि.सं.२०७२ माघ १७ आइतवार १२:२१ मा प्रकाशित