
काठमाण्डौं । आज फेरि १ सय रुपैयाँले सस्तो भएर सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेकोछ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलाको ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको भाउ तोलाको ५१ हजार तीन सय थियो ।
चाँदीको भाउ भने स्थिर छ। महासंघका अनुसार आइतबार चाँदीको भाउ तोलाको ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
माघ १७, २०७२/१२.००
वि.सं.२०७२ माघ १७ आइतवार १२:३४ मा प्रकाशित