
काठमाण्डौं । सरकारले देशभरका नगर क्षेत्रका ७ सय १० किलोमिटर सडक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने घोषणा गरेको स्थानीय विकास मन्त्रालयले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएकोछ ।
‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ अन्तर्गत सरकार, स्थानीय निकाय र जनताको पनि लगानीमा सञ्चालन गरिने भन्दै यस कार्यक्रमका लागि यो वर्ष १ अर्ब रुपैयाँ खर्च गर्ने र करिब ४२ करोड रुपैयाँ स्थानीय निकाय र जनताका तर्फबाट लगानी थपिने उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले बताए ।
एउटा पोलमा सौर्य बिजुली जडान गर्न झण्डै एक लाख रुपैयाँ औषत खर्च हुने अनुमान गरिएको छ । १ अर्ब ४२ करोडले झण्डै १४ हजार पोलमा सौर्य बिजुली जडान हुनेछ । सौर्य सडकबत्ती जडान भएपछि अहिले यसमा प्रयोग भइरहेको ६ मेगावाट प्रशारण लाइनको बिजुली बचत हुने मन्त्री थापाले जानकारी दिए ।
माघ १७, २०७२ १.३०
वि.सं.२०७२ माघ १७ आइतवार १३:५३ मा प्रकाशित