
काठमाडौं – नेपाली फिल्म पशुपति प्रसादले प्रदर्शनको दुई दिनमा ४२ लाख ग्रस कमाएको छ। वितरण कम्पनी पपकर्नका माधव वाग्लेका अनुसार फिल्मले मुलुकका झन्डै ६० पर्दाबाट उक्त कमाई गरेको हो।
शुक्रबार र शनिबार काठमाडौंबाट २५ लाख, मोफसलबाट १७ लाख कमाएको वाग्लेले जनाए। सिंगलभन्दा मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी माथि छ। काठमाडौं र फिल्मको दोस्रो ठूलो बजार पोखराको मल्टिप्लेक्समा अकुपेन्सी ६० प्रतिशत छ। कम लगानीका कारण फिल्मको लगानी उठ्ने ठम्याईमा कम्पनी छ। दुई दिनमा ४२ लाख कमाई हुनु नेपाली फिल्म क्षेत्रकाु लागि राम्रो मानिन्छ ।
सिंगल स्क्रिनमा भने फिल्मको अकुपेन्सी कम छ । समीक्षक र सामाजिक सञ्जालमा भएको चर्चाले आइतबारदेखि अकुपेन्सी उक्लिने विश्वास गरिएको छ । दीपेन्द्र के. खनाल निर्देशित सिनेमामा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी र प्रकाश घिमिरेको मुख्य अभिनय छ। ।
२०१६ माघ १७ – २ बजे
वि.सं.२०७२ माघ १७ आइतवार १४:२३ मा प्रकाशित