back

नाका नखोले प्रधानमन्त्रीको पहिलो भ्रमण चीनबाट : थापा

Kumari bank ad

काठमाडौं । नेकपा एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापाले भारतले नाका नखोले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण चीनबाट हुन सक्ने संकेत गरेका छन् । नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमा जानु उपयुक्त नहुने जना भावना र सुझाव अनुरुप प्रधानमन्त्री ओलीले वीरगञ्ज नाका खुल्ने संकेत नदेखेपछि चीनतर्फ नजर लगाउन थालेका छन् ।
‘प्रधानमन्त्रीलाई भारत र चीनको निमन्त्रणा एकसाथ प्राप्त भएको हो, उपप्रमुख सूर्य थापाले भने- ‘भारतले परिस्थिति अनुकूल बनाएन भने प्रधानमन्त्री पहिले चीन भ्रमणमा जानुपर्छ र जानुहुन्छ भन्ने मलाई लाग्छ ।’

थापालाई उधृतगर्दै अनलाइनखबर लेख्छ नाकाबन्दी नखुल्दासम्म भारत भ्रमणमा जानु वाञ्छनीय नहुने प्रधानमान्त्री ओली आफैंले सार्वजनिक अभिव्यक्ति दिइसकेकाले वीरगञ्ज नाका सहज नभई उहाँ भारत जानुहुन्न ।

गत मंगलबार बालुवाटारमा आयोजित सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले नाका सहज नभएसम्म भारत नजाने स्पष्ट पारेका थिए ।

एमाले नेता थापाका अनुसार भारतसँगै चीनले पनि एकै दिन भ्रमणको निम्तो दिएको हुनाले भारतभन्दा पहिले प्रधानमन्त्रीले चीन भ्रमण गर्ने सम्भावना छ ।

थापाले भने- ‘चिनियाँ राजदूत असोज २४ गते फूलको गुच्छा लिएर प्रधानमन्त्रीलाई बधाइ दिन जाँदा नै चीन भ्रमणको निम्तो प्राप्त भएको हो । चिनियाँ राजदूत प्रधानमन्त्रीसँगै भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत् बधाइ एवं भ्रमणको निम्तो दिएका हुन् ।’

पहिले चीन जान पार्टीको सुझाव

स्रोतका अनुसार नेकपा एमालेका नेताहरुले आफ्नो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई वीरगञ्ज नाका नखुलेको अवस्थामा भारतको भ्रमण गर्नुभन्दा चीन भ्रमण गर्न सुझाएका छन् ।

नाका सहज नभएको अवस्थामा चीन भ्रमणमा गएर प्रधानमन्त्रीले महत्वपूर्ण सम्झौताहरु गर्न उपयुक्त हुने बहस एमालेभित्र सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी छवि रहेको र नाकाबन्दी नखुलेकै अवस्थामा दिल्ली जाँदा उनीमाथि स्वदेशमा आलोचना हुन सक्ने एमाले नेताहरुले आँकलन गरेका छन् ।

पछिल्लोपटक संविधान संशोधन गरिसकेको अवस्थामा पनि वीरगञ्ज नाका नखुलेपछि यथास्थितिमा भारत जान प्रधानमन्त्रीले मन नगरेको एमाले स्रोतले बतायो ।

१७ माघ २०७२ 

वि.सं.२०७२ माघ १७ आइतवार १८:१६ मा प्रकाशित

You can share this post!

डेङ्गु सङ्क्रमित बढेपछि प्रदेश सरकारबाट चिकित्सक परिचालन   

डेङ्गु सङ्क्रमित बढेपछि प्रदेश सरकारबाट चिकित्सक परिचालन   

वि.सं.२०८० असोज ९ मंगलवार २०:१६

दमौली (तनहुँ), ९ असोज : विगत केही समयदेखि दमौलीमा डेङ्गुका...

माछापुछ्रे बैंकका कर्मचारी र ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट

माछापुछ्रे बैंकका कर्मचारी र ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट

वि.सं.२०८० असोज ९ मंगलवार २०:१२

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्र बैंक लिमिटेडका ग्राहक तथा...

शहरीको सहमतिबिना सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारीको सरुवा   

शहरीको सहमतिबिना सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारीको सरुवा   

वि.सं.२०८० असोज ९ मंगलवार २०:०६

काठमाडौँ, ९ असोज : सहरी विकास मन्त्रालयको जानकारी बेगर नै...

काठमाडौँ महानगरपालिकाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक   

काठमाडौँ महानगरपालिकाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक   

वि.सं.२०८० असोज ९ मंगलवार २०:००

काठमाडौँ ९ असोज : काठमाडौँ महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न...

ललिता निवास प्रकरण : माधवकुमार र बाबुरामलाई मुद्दा दर्ता किन नभएको भन्दै जवाफ माग     

ललिता निवास प्रकरण : माधवकुमार र बाबुरामलाई मुद्दा दर्ता किन नभएको भन्दै जवाफ माग    

वि.सं.२०८० असोज ९ मंगलवार १९:५४

काठमाडौँ, ९ असोज : सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय...

राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफ सी चितवन क्लबमा आवद्ध

राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफ सी चितवन क्लबमा आवद्ध

वि.सं.२०८० असोज ९ मंगलवार १७:४५

काठमाडौँ ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि ...