back

चार बुँदे असन्तुष्टि राख्दै मनमोहनबाट बाहिरिए पर्यटनमन्त्री पोखरेल

Kumari bank ad

काठमाडौं । एमाले नेताहरुको लगानी रहेको मनमोहन मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पर्यटनमन्त्रीसमेत रहेका सेयर सदस्य आनन्द पोखरेल बाहिरिएका छन् ।

पोखरेल प्रतिष्ठान सञ्चालन गर्ने नेपाल स्वास्थ्य सहकारी सहकारी संस्थाको उपाध्यक्ष थिए । सहकारी स्रोतका अनुसार उनले प्रतिष्ठानमा रहेको दुई लाख रुपैयाँको सेयर र सहकारीको सेयर सदस्यवापतको ५ हजार रुपैयाँ र दुई हजार ब्याजसमेत लिएर निस्किएका छन् ।

 

पोखरेल प्रतिष्ठानका संस्थापक मध्यका एक हुन् । नयाँ मेडिकल कलेज खोल्न रोक लगाएपछि अघिल्लो सरकारले नै मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक अगाडि बढाएको थियो । विधेयक अहिले संसदमा सैद्धान्तिक छलफलकोक्रममा रहेको छ । पछिल्लो समय मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विवादित बनेको छ ।

 

पोखरेलले पार्टी पूर्वअध्यक्षसमेत रहेका पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको नामलाई धेरै विवादमा पार्न नहुने बताउँदै राजीनामा दिएको स्रोतको दाबी छ ।

 

पोखरेलले प्रतिष्ठानका अध्यक्षसमेत रहेका एमाले नेता राजेन्द्र पाण्डेसमक्ष चार बुँदे असन्तुष्टि राख्दै राजीनामा दिएका हुन् । पोखरेलले कतिपय विषयमा प्रतिष्ठान नेतृत्वलाई मनाउन नसकिएको र आफूले पनि मान्न नसकिएको राजीनामा लेखेका छन् । चार बुँदा उल्लेख गर्दै राजीनामा दिएका पोखरेलले नेताको नाममा सहकारी वा निजी मुनाफामुलक व्यवसाय सञ्चालन गर्न उचित नभएको, आर्थिक, सामाजिक प्रशासनिक सुधार गर्न नसकिएको उल्लेख गर्दै राजीनामा दिएका छन् ।

 

सहकारी विभाग स्रोतका अनुसार पोखरेलको राजीनामा विभागसम्म आइपुगेको छ ।

कान्तिपुर/१७ माघ २०७२

वि.सं.२०७२ माघ १७ आइतवार १८:३४ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...