काठमाण्डौं । पुँजी बजार आज १.४२ अर्थात १७.३२ अंकले बढेपछि पुँजी बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज बजार १२३८.०२ विन्दूमा बन्द हुन पुगेकोछ ।
माघ ३ गतेबाट अभौतिक सेयर मात्रै कारोबार हुन थालेपछि बजारले नयाँ गति लिन पुगेको हो । आज एकसय १३ वटा कम्पनीको सेयर कारोबार भएको छ।
सोमबार बजारमा ५५ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।जलविद्युत बाहेक सबै समूहको सूचक उकालो लागेको छ। वाणिज्य बैंक समूहको सूद्वक २०.७९ अंकले, होटलको ७३.४७ अंकले, विकास बैंकको १९.५९ अंकले, बीमाको ३५ अंकले तथा अन्य समूहको २६.९३ अंकले बढेको छ।
माघ १८, २०७२/ ३.१५
वि.सं.२०७२ माघ १८ सोमवार १५:४८ मा प्रकाशित