
काठमाण्डौं । मलेसियाले विदेशी कामदारबाट सो क्षेत्रमा काम गरेवापट लिँदै आएको लेभी शुल्क फेब्रुअरी १० देखि लागू गरी वृद्धि गरेको छ।
निर्माण, उत्पादन र सेवा क्षेत्रमा शुल्क बढाएर २५ सय रिंगिट पुर्याएको छ । यसअघि प्रति कामदार वार्षिक निर्माणमा १८५०, उत्पादनमा १२५० र सेवामा १८५० रिंगिट लिने गरिन्थ्यो । प्लान्टेशन र कृषि क्षेत्रमा कार्यरत कामदारका लागि वार्षिक १५ सय रिंगिट पुर्याइएको छ । यसअघि क्रमश ५९० र ४१० रिंगिट लिँदै आएको थियो।
मलेसियामा उल्लेख्य मात्रामा नेपाली कामदारहरु जाने गर्दछन । पछिल्लो तथ्यांक अनुसार मलेसियामा ६ लाखभन्दा बढी नेपाली कामदार छन्।
माघ १८, २०७२/ ३.१५
वि.सं.२०७२ माघ १८ सोमवार १५:५८ मा प्रकाशित