back

सुरुङ मार्गमा लगानी जुटाउन नसक्दा कुशकुमारले दिए राजीनामा

Kumari bank ad
काठमाडौं  । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता गरेको उक्त कम्पनीले लगानी जुटाउन नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका जोशीले चौतर्फी दबाब थेग्न नसकी आइतबार पद छाडेका हुन् ।

कम्पनीमा बुझाइएको राजीनामापत्रमा ‘व्यक्तिगत कारण’ पद त्यागेको उल्लेख गरिए पनि स्थानीय लगानीकर्तासहितको डेढ महिना लामो धर्नालगायत दबाबमूलक आन्दोलनपछि उनको राजीनामा आएको हो।

विगत एक महिनायता जोशीको राजीनामा माग्दै कम्पनीकै पूर्व बोर्ड सदस्य राजुमान महर्जनले शृंखलाबद्ध विरोध कार्यक्रम गर्दै आएका थिए। कम्पनीका अधिकांश बोर्ड सदस्यले समेत जोशीमाथि आफूखुसी खर्च गर्ने र पारदर्शिता नभएको आरोप लगाउँदै आएका छन्। यही कारण परियोजना अघि बढ्न नसकेको जनाउँदै उनीहरुले जोशीको बहिर्गमनपछि पनि ५८ किलोमिटरको उक्त परियोजना पूरा गरिछाड्ने प्रतिबद्धता जनाएका छन्। परियोजनाको सुरु लागत ३४.८७ अर्ब भनिए पनि उल्लेख्य रुपमा बढ्न सक्ने बताइन्छ।

परियोजनामा हालसम्म विभिन्न स्थानीय तथा राष्ट्रिय उद्योगपति, हेटौंडा, कुलेखानीलगायत गाविसका न्यून आय भएका स्थानीयसहित १७ सय बढीले गरी ३० करोड रुपैयाँ लगानी गरिसकेका छन्। कम्पनीमा जोशीको लगानी भने १० लाख रुपैयाँ मात्र हो।

महर्जन अगुवाइको संघर्ष समितिले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी जोशीलाई हटाउन दबाब दिएका थिए।

अध्यक्ष दाहालले उक्त परियोजनामा सरकारले समेत लगानी गर्नुपर्ने धारणा हेटौंडामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरे पनि सरकारी पक्षले आयोजनाबारे कुनै टिप्पणी गरेको छैन।

महर्जनले जोशीको राजीनामा सोमबार कम्पनीको कार्यालय ललितपुरस्थित ज्वागलमा दर्ता भएको जानकारी दिए। ‘जोशीले स्थानीय लगानीकर्ता, जिल्लास्थित उद्योग वाणिज्य संघका सदस्य, गैरआवासीय नेपालीसँगै वैदेशिक लगानीसमेत जुटाउन सकेनन्,’ कुलेखानी गाविसका पूर्व अध्यक्षसमेत रहेका महर्जनले भने।

सञ्चालक समिति र व्यवस्थापनले जम्मा भएको रकमको बैंकको ब्याज चलाएर अफिस सञ्चालन गरे पनि हुनेमा संकलित रकम नै खर्च गरिसिध्याएको महर्जनको आरोप छ।
टिबिआई ग्रुपका अध्यक्ष भवन भट्टले १ अर्ब लगानीसहित उक्त कम्पनी प्रवेश गर्ने भएपछि महर्जनसहित अन्य दुई जनाले बोर्ड सदस्य पद छाडी भट्टलाई बोर्डमा भित्र्याएका थिए।

आइतबार जोशीले राजीनामा बुझाएको पुष्टि गर्दै नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक सदस्यले अर्को बोर्ड बैठकले नयाँ नेतृत्व चयन गर्ने जनाए। दुई साताअघि अन्नपूर्ण होटलमा आयोजित बोर्ड बैठकले जोशीलाई राजीनामा दिन दबाब दिएको थियो।

बोर्डका एक सदस्यले तत्कालका लागि बोर्ड सदस्य तथा प्राविधिक निर्देशक लालकृष्ण केसी नयाँ अध्यक्ष बन्ने सम्भावना औंल्याउँदै ठूलो रकम लगानी गर्नेमध्येबाटै कम्पनीको भावी अध्यक्ष चयन गरिने दाबी गरे।

निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) मोडालिटीमा आधारित उक्त परियोजना सञ्चालन गर्न सरकारले तीन वर्षअघि जोशी नेतृत्वको टोलीलाई अनुमति दिएको थियो। जसअनुसार कम्पनीले परियोजना चार वर्षभित्र निर्माण गरी ३० वर्ष सञ्चालन गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने हो।

नागरिक/१९/१०/२०७२

वि.सं.२०७२ माघ १९ मंगलवार ०९:०४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

वि.सं.२०८० असोज १० बुधवार १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

वि.सं.२०८० असोज १० बुधवार १८:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३...

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

वि.सं.२०८० असोज १० बुधवार १८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

वि.सं.२०८० असोज १० बुधवार १८:२२

काठमाडौं । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने...

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

वि.सं.२०८० असोज १० बुधवार १८:०८

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा...

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

वि.सं.२०८० असोज १० बुधवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक...