
काठमाण्डौं । राजधानीको पिंगलास्थानमा २५ करोड रुपैयाँ लगानीमा थ्रि स्टार स्तरीय होटल ‘आमादब्लम’ संचालनमा आएकोछ ।
एक कार्यक्रमबीच हिजो संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखलले सो होटललको उद्घाटन गरेका छन् ।
होटलमा रहेको ६२ मध्ये ३० वटा सुपेरियर रुम, २७ वटा डिलक्स र पाँच वटा स्वीट रुम रहेको जानकारी दिइएको छ । यी रुमको मूल्य प्रति रात चार देखि १० हजार रुपैयाँसम्म पर्नेछ । होटलमा सेमिनार हल, रेष्टुरेण्ट र कफिसप छ । यसबोहेक होटल परिसरमै स्पा र फिटनेस सेन्टर पनि सञ्चालनमा छन् ।
भारतीय, चिनियाँ र युरोपेली पर्यटकलाई लक्षित गरेर होटल निर्माण गरिएको कम्पनीले जनाएको छ ।
माघ १९, २०७२/ ६.००
वि.सं.२०७२ माघ १९ मंगलवार १०:३७ मा प्रकाशित