back
NMB ad

सु–आहार कार्यक्रम अन्तर्गत ९० किसानलाई कुखुरा वितरण

Kumari bank ad

दाङ । दाङका ९० जना नमुना किसानलाई उन्नत कुखुराका चल्ला वितरण सुरु गरिएको छ। जिल्लामा सञ्चालित सु–आहारा कार्यक्रमअन्तर्गत गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गर्न थालिएको हो।

कोइलावास, राजपुर र वेला गाविसका २७ जना किसानलाई प्रतिकिसान १० वटा कुखुरा प्रदान गरिएको सु–आहारा कार्यक्रमका जिल्ला कृषि अधिकृत नवीन श्रेष्ठले जानकारी दिए। जिल्लाका कोइलावास, राजपुर, वेला, डुरुवा, फूलबारी, सैघा, स्यूजा, काभ्रे, लुहारपानी र हाँसीपुर गाविसका किसानलाई न्यू हेम्पसायर, ब्ल्याक अस्ट्रलोर्प र गिरिराज जातका कुखुरा बाँडिएको छ।

‘गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाका लागि पोषण धेरै आवश्यक पर्छ, त्यो पोषण कुखुराको अन्डामा पाइने भएकाले गर्भवती महिला र बच्चाको पोषण सुधार गर्न कुखुराका चल्ला बाँडेका हौँ’ – जिल्ला कृषि अधिकृत श्रेष्ठले भने। उनका अनुसार एउटा वडाका एक किसानलाई कुखुराका चल्ला दिएको र कुखुराले अन्डा दिन थालेपछि गाउँका अन्य गर्भवती महिला र बच्चा भएका घरमा सहुलियत दरमा बिक्री गरिने छ।

यसैबीच किसानलाई कुखुरापालनसम्बन्धी पाँच दिनको तालिम दिइएको छ । अर्धबन्देज खोरमा कुखुरा पाल्नका लागि परियोजनाले सहयोग गरेको छ । यसरी कुखुरा पाल्दा राम्रोसँग हुर्कने, रोगको सङ्क्रमण कम हुने, चाँडो अन्डा दिने श्रेष्ठले बताउनुभयो ।

यसका साथै किसानलाई उन्नत तरकारीको बीउ पनि निःशुल्क बाँडिएको छ । रासस

माघ १९, २०७२/ १०.००

वि.सं.२०७२ माघ १९ मंगलवार ११:४३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...