
काठमाण्डौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच आज भएको भेटवार्तामा प्रचण्डले नाकाबन्दी खोल्न आग्रह गरेका बताइएकोछ ।
प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा नाकाबन्दी, मधेस आन्दोलन र दलहरुबीच भइरहेको छलफलको प्रगतिबारे कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटमा भारतीय राजदूत रायले दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने बताएका थिए ।
माघ १९, २०७२ / १.००
वि.सं.२०७२ माघ १९ मंगलवार १६:३७ मा प्रकाशित