back
Kumari Bank

साउदीमा बिचल्लीमा परेका उद्दार हुने

Nepal Bank

काठमाण्डौं । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा साउदी अरबमा बिचल्ली परेका नेपाली कामदारको उद्धारका लागि दूतावासले पहल थालेको छ। रियादस्थित नेपाली दूतावासले दमामको सह्मी अल हजारी कम्पनीमा बिचल्लीमा परेका तीनसय नेपाली कामदारको उद्धार गर्न पहल थालेको हो।

श्रम सहचारी कृष्णप्रसाद दवाडीको नेतृत्वमा आएको दूतावासको टोलीले कम्पनी सञ्चालकसँग छलफल गरेको छ। छलफलका क्रममा रोजगारदाताले एक साताभित्रै सबै नेपाली कामदारलाई तत्कालको समस्या समाधानका लागि एक महिनाको तलब उपलब्ध गराउने आश्वासन दिएको दवाडीले जानकारी दिए।

रोजगारदाता कम्पनीका प्रतिनिधिसँग भएको भेटमा नेपाली कामदारलाई भुक्तान गर्नुपर्ने तलब, र आवास अनुमतिपत्र  नवीकरण लगायतका समस्या तत्काल समाधान गर्न आग्रह गरिएको श्रम सहचारी दवाडीले बताए।

कम्पनीले साउदी सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएका कारण तलब रोकिएकोे बताएको छ, सरकारले रकम उपलब्ध नगराएसम्म त्यहाँ रहेका नेपाली कामदारलाई खानेबस्ने व्यवस्था मिलाउन नसकिने कम्पनीको भनाइ छ।

सरकारले रकम उपलब्ध गराएको खण्डमा कामदारले पाउन बाँकी रहेको तलब भुक्तानी दिइने र आवास अनुमतिपत्र  समेत नवीकरण गरिने जनाएको छ। तर त्यहाँ रहेका अधिकांश नेपाली कामदारले भने स्वदेश फर्कने व्यवस्था मिलाउन आग्रह गरेको दवाडीले बताए।

रोजगारदाताले नेपाली कामदारका लागि खानेबस्ने व्यवस्था गर्न नसकिने बताएका कारण तत्कालको राहतका लागि सरकारलाई जानकारी गराइने र मार्फत कामदार आएका मेनपावर कम्पनीको पहिचान गरेर गाँसबासको लागि सहयोग गर्न आग्रह गरिने उनले बताए।

सो विषयमा कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मालाई टेलिफोन सम्पर्क गर्दा विचल्लीमा परेका नेपाली कामदारको उद्धारमा दूतावास लागिपरेको बताए। शर्माका अनुसार कम्पनीले तत्काल तलब उपलब्ध नगराए नेपाली कामदारलाई तलब दिलाउन साउदीको श्रम अदालतलाई आग्रह गरिनेछ। रासस

माघ २०, २०७२/८.००

वि.सं.२०७२ माघ २० बुधवार १०:५८ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

वि.सं.२०८२ असार १९ बिहीवार १८:२६

काठमाडौँ । १० दिनअघि मात्रै मूल्य समायोजन गरिएको अन्डाको भाउ...

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८२ असार १९ बिहीवार १८:०९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम...

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

वि.सं.२०८२ असार १९ बिहीवार १८:०१

काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड ९...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८२ असार १९ बिहीवार १७:५३

काठमाडौँ :नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२५...

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

वि.सं.२०८२ असार १९ बिहीवार १७:३९

काठमाडौँ : मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन...

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

वि.सं.२०८२ असार १९ बिहीवार १७:२५

काठमाडौँ :  माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ...