
काठमाण्डौं । हिजो जस्तै आज बुधवार पनि नेप्से परिसुचक २ अंकले बढेको छ । आज सेयर बजार १ हजार २ सय ४२ मा पुगेर बन्द भएको छ ।
आज होटल समुहको परिसुचक सवैभन्दा बढी थियो भने विकास बैंक समुहको परिसुचक २८ दशमलव ६९ अंकले बढेको छ । त्यस्तै फाइनान्स समुहको ४ दशमलव ०७ र अन्य समुहको परिसुचक १ दशमलव १७ अंकले उकालो लागेका छन् ।
यता होटल समुहको परिसुचक ४१ अंकले बढेको छ । त्यस्तै बीमा समुहको ४१, जलविद्युत समुहको ५ दशमलव ३८ र सेयर बजारमा बढी प्रभाव रहेको वैंक समुहको परिसुचक ० दशमलव ९८ अंकले ओरालो लागेको छ ।
बुधवार कारोवारमा आएका १ सय १३ कम्पनीको ७ लाख ५५ हजार कित्ता सेयरबाट ५६ करोडको कारोवार गरेका छन् ।
माघ २०, २०७२ / ३.००
वि.सं.२०७२ माघ २० बुधवार १५:२१ मा प्रकाशित