
थाइल्याण्ड । पूर्व युवराज पारस शाहकी प्रेमिका कन्निका चाइयासार्नले आफ्नो आठ वर्षीय छोराको पिता पारस रहेको दावी गर्दै फेसबुकबाट फोटो सर्वाजनिक गरेकी छिन्।
यसअघि पटक९पटक पारसबारे फेसबुकमा लेख्दै आएकी कन्निकाले आज दिउँसो छोराबारे लेखेकी हुन् । फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन् ‘मेरो छोरा युनिभर्सले मलाई सोध्ने गर्छ, तपाईँ किन नेपाल जानु हुन्न जहाँ मेरा बुबा हुनुहुन्छ । म आफ्नो बुबासँग बस्न चाहन्छु । अनि मैले भन्ने गर्छु तिम्रो बुबा र आमा पनि मै हुँ ।’
त्यसैगरी उनले अर्को स्टायटसमा ‘मैले आफ्नो एक्ससँग छुट्टिने निर्णय युनिभर्स (छोरा) तीन महिना हुँदा गरेको थिएँ । अहिले ऊ आठ वर्षको भयो र अझै ऊ पारस शाहलाई सम्झिएर बसेको छ। उसले आफ्नो बुबालाई कहिल्यै भेटेको छैन। यो प्रश्न सोध्दा मेरो आँखामा आँसु आउँछ’ लेखेकी छिन् ।
पारस थाइल्यान्डमा रहँदा कन्निकासँग बस्ने गरेका थिए । हाल उनी नेपाल फर्किएका छन् । थाइल्यान्डबाट स्वदेशमै बस्ने गरी फर्किए पनि पारस पूर्व युवराज्ञी हिमानी र आफ्ना छोराछोरीसँग भने बसेका छैनन् ।
माघ २०, २०७२/ ४.००
वि.सं.२०७२ माघ २० बुधवार १६:१३ मा प्रकाशित