back

किन बढ्दै छ एकाएक शेयर बजार ?

काठमाडौं । पुँजी बजारले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । बजारले अहिलेसम्मकै उच्च विन्दु १२४२ अंक पार गर्‍यो । अर्थतन्त्र कमजोर र तराई मधेस आन्दोलनले मुलुकको राजनीति तरल भएकै बेला बजार भने निकै माथि उक्लिएको छ ।

के कारण पुँजी बजार बढ्दो क्रममा छ ? विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘मर्जका कारण धेरै कम्पनीको सेयर कारोबार रोकिएको छ । कारोबार रोकिएका कम्पनीका लगानीकर्ता अहिले भइरहेकै कम्पनीमा थपिए । यसले माग बढायो, आपुर्ति बढेको छैन । बजार बढ्नुको यो नै प्रमुख कारण हो ।’

देशको आर्थिक अवस्था कमजोर छ । अर्थतन्त्र कमजोर बाटोमा गइरहेको छ । यस्तो अवस्थामा किन बढिरहेको सेयर बजार ?

  • सेयर बजारमा अहिले आपूर्ति कम छ । बैंक तथा वित्तीय संस्था गरेर झण्डै ५० वटा सूचीकृत कम्पनीको कारोबार मर्जरका कारण अहिले रोकिएको छ । १० वटा वाणिज्य बैंक तथा झण्डै ४० वटा विकास बैंक र वित्त कम्पनीको मर्जरको कारण कारोबार रोकिएको छ ।
  •  मर्जरका क्रममा अहिलेसम्म कारोबार रोकिएका कम्पनी नेप्सेमा सूचीकृत कम्पनीको करिब २० प्रतिशत हो । १० वटा वाणिज्य बैंक रोकिँदा यसले ठुलो हिस्सा कारोबार हुनबाट रोकिएको छ ।
  • बैंक तथा वित्तीय संस्थाको सेयर आपुर्ति बाहेक बजारलाई माथि उठाउने अन्य कारण पनि छन् । अहिले बैंकहरुले ६ प्रतिशतकै हाराहारीमा ऋण दिइरहेका छन् । लगानीकर्ताले बैंकमा पैसा जम्मा गर्नुभन्दा बजारबाट धेरै लाभ प्राप्त हुने आशाले बजारमा लगानी बढाएको भट्टराईको तर्क छ ।
  •  देशको वर्तमान अवस्थाका कारण अन्यत्र लगानीको वातावरण नभए पनि सेयर बजारमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । लगानीको क्षेत्र खिम्चिँदै जाँदा पुँजी बजारमा लगानी बढेको हो ।
  •  यो महिनाको सुरुबाट अभौतिक सेयर मात्रै कारोबार हुन थालेपछि छिटो सेटलमेन्ट हुन थालेका कारण लगानीकर्तालाई सट्टेबाजीको अवसर पनि धेरै प्राप्त हुँदा त्यसको असर बजारमा सकारात्मक देखिएको छ । अहिले अभौतिक कारोबारप्रति लगानीकर्तामा सकारात्मक देखिएकाले पनि बजारमा त्यसको प्रभाव देखिएको हो ।
  • केही लघुवित्त र बीमा कम्पनीको लाभांश घोषणा हुन बाँकी छ । बीमा समितिले यसअघि नै बीमा कम्पनीलाई नगद लाभांश दिन रोकिसकेको छ । यी कम्पनीको अपेक्षित लाभांशका कारण पनि बजारलाई माथि उठाइरहेको छ । Bizmandu

 

२० माघ २०७२

वि.सं.२०७२ माघ २० बुधवार १७:३५ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...