back

यसरी थाहा पाउनुस् तपाइँको मेमोरी कार्ड सक्कली कि नक्कली !

एजेन्सि । पछिल्लो समयमा हामीसँग हुने हरेक डिभाइसमा मेमोरी कार्ड राखिन्छ । स्मार्ट फोन देखि ट्यावलेट र क्यामेरा सम्म मेमोरी कार्ड अनिवार्य जस्तै बनेको छ ।यदि तपाइँलाई ह्वाट्सएप, ट्वीटर, फेसबुक वा अन्य सोशल मीडिया चलाउनु पर्‍यो भने त्यसमा हुने भिडियो वा तस्विर सेभ गर्न पनि मेमोरी आवश्यक पर्छ ।

 

ट्याबलेट, स्मार्टफोन, क्यामेरा र अन्य मोबाइल डिभाइसका लागि अलग अलग मेमोरी कार्ड अर्थात एससडी कार्ड रखिन्छ। एससडी कार्ड सुरक्षित छ कि छैन भन्ने थाहा पाउन सकेन भने त्यो छिट्टै विग्रिने वा काम नगर्ने हुन सक्छ । यहाँ मोमोरी कार्ड सक्कली हो कि नक्कली भनेर थाहा पाउने तरिका चर्चा गरिएको छ ।

 

यसरी थाहा पाउनुस् तपाइँको मेमोरी कार्ड सक्कली कि नक्कली ! गुगल प्लेबाट तपाइँले आफ्नो स्मार्टफोनमा एससडी इनसाइट (SD Inshight) नामको एप डाउनलोड गर्न सक्नु हुन्छ । यसले तपाइँलाई कार्ड नक्कली हो कि सक्कली भनेर तत्काल थाहा दिन्छ ।यो डाउनलोड गरेपछि तपाइँको कार्ड स्मार्टफोनमा राख्नुस् ।

 

यसले तपाइँको कार्ड बनाउने कम्पनी, यसमा रहेको स्टोरेज क्षमता, कार्ड बनेको मिति तथा अन्य जानकारी दिन्छ । यदि तपाइँको कार्ड राख्दा साथ एपले “SD card is invalid (एससडी कार्ड इज इनभ्यालिड)” भन्ने म्यासेज आयो भने बुझ्नुस् तपाइँको कार्डमा केही खरावी छ या यो नक्कली कार्ड हो ।त्यस्तै पुनः चेक गर्दा तपाइँको स्क्रिनमा “Origin is uknown” देखियो भने बुझ्नुस् तपाइँको कार्ड नक्कली भन्ने थाहा हुन्छ ।तपाइँले कार्ड किन्ने समयमा प्याकिङ गरिएको हुन्छ ।

तर यस्ता प्याकिङ गरिएका कार्ड समेत नक्कली हुने प्रवल सम्भावना हुन्छ । यो एपको मद्दतले तपाइँलाई नक्कली कार्डमा पैसा हाल्नबाट बचाउन सक्छ ।

२१ माघ २०७२

वि.सं.२०७२ माघ २१ बिहीवार ०८:५८ मा प्रकाशित

You can share this post!

महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल   

महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल   

वि.सं.२०८० असोज ८ सोमवार १८:१०

पाटन, ८ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले...

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री श्रेष्ठ दोषी ठहर

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री श्रेष्ठ दोषी ठहर

वि.सं.२०८० असोज ८ सोमवार १८:०४

काठमाडौं। भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन्...

प्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ   

प्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ   

वि.सं.२०८० असोज ८ सोमवार १७:५५

मलेखु (धादिङ), ७ असोज : प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी...

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी असोज २५ र २६ माः रजिस्ट्रेसन खुल्ला

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी असोज २५ र २६ माः रजिस्ट्रेसन खुल्ला

वि.सं.२०८० असोज ८ सोमवार १७:४२

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एन.सि.बि.एल) को आयोजनामा असोज...

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय   

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय   

वि.सं.२०८० असोज ८ सोमवार १७:३०

कमलकुमार बस्नेत काठमाडौँ, ८ असोज : सन् २००९ मा अमेरिकामा...

साउन महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, ग्लोबल आइएमई सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

साउन महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, ग्लोबल आइएमई सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

वि.सं.२०८० असोज ८ सोमवार १७:२१

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय...