
काठमाण्डौं । बिहीबार स्थानीय बजारमा सुनको भाउमा बृद्धि भएको छ । लामो समयपछि आज सुनको भाउ प्रतितोला ३ सयले बढेर ५२ हजार पुगेको छ ।
हिजो बुधवार सुन प्रतितोला ५१ हजार ७ सयमा कारोवार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ७ सयममा कारोवार भएको छ । हिजो बुधवार चाँदीको भाउ प्रतितोला ६ सय ९० रुपैयाँ थियो ।
माघ २१, २०७२ र/११.००
वि.सं.२०७२ माघ २१ बिहीवार ११:३१ मा प्रकाशित