
काठमाण्डौं । आज बिहीवार पनि नेप्से परिसुचक ९ दशमलव २९ अंकले बढेको छ । आज सेयर बजार १ हजार २ सय ५१ दशमलव ४२ अंकमा पुगेर बन्द भएको हो ।
बिहीवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेको छ । आज जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ४१ अंकले बढेको छ । त्यस्तै बीमा समुह ३८ दशमलव ७६, उत्पादन २७ र विकास बैंकको परिसुचक २३ दशमलव ७१ अंकले उकालो लागेको छ ।
त्यसैगरी अन्य ७ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको ४ दशमलव ८३ तथा होटल समुहको परिसुचक ४ दशमलव २५ अंकले बढेको छ । तर फाइनान्स समुहको परिसुचक भने १ दशमलव ९२ अंकले ओरालो लागेको छ ।
बिहीवार कारोवारमा आएका १ सय २४ कम्पनीको ११ लाख ४० हजार कित्ता सेयरबाट ७० करोड ९१ लाख बराबरको कारोवार भएको छ ।
माघ २१,२०७२/३.००
वि.सं.२०७२ माघ २१ बिहीवार १५:२३ मा प्रकाशित