back

नलसिंहगढ परामर्शदाता छनौटमै करोडौं रुपैयाँ भ्रष्टाचार

Nepal Bank
काठमाडौँ । पब्लिक एलाएन्स फर एन्टीकरप्सन नामक स‌ंस्थाले राष्ट्रिय गौरबको नलसिंहगढ जलविद्युत आयोजनाको परामर्शदाता छनौटमै करोडौं रुपैयाँ भ्रष्टाचार भएको दावी गरेको छ ।
संस्थाले आयोजनाका प्रमुख मोतीबहादुर कुँवर र परामर्शदातामा लडेको स्मेक एमडब्लुएच र उदय कन्सल्टेन्सीका स्थानीय एजेण्टहरुको मिलेमतोमा भ्रष्टाचार भएको दावी गरेको हो।
संस्थाका अध्यक्ष हरिहर भट्टराईले बिहीवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी परामर्शदाता छनौटको प्रस्ताव २५ सेप्टेम्बरमा खोल्नु पर्नेमा प्रस्तावको प्राविधिक मुल्याङकनमा गढबढी गरी डिसेम्बर २१ मात्र खोलेर करोडौ भ्रष्टाचार हुने गरी स्मेकलाई दिइएको आरोप लगाएका हुन्।
उनले परामर्शदाता छनौटमा प्राविधिक मुल्याङकन गर्दा २०० मिटर उचाइको ड्याम बनाएको भए १ दशमलब ५ नम्बर दिने भनिएकोमा शुन्य दशमलब ९ नम्बरमात्र दिइएको बताए।
उनले प्रस्तावकले यसअघि ५०० मेगावाटसम्मको काम गरेको भए शुन्य दशमलब पाँच अंक दिनु पर्ने प्रावधान भएपनि एएफको दुईवटा प्रोजेक्ट लिनु पर्नेमा एउटामात्रै लिएर ८ सय ५० मेघावाटको मात्र मुल्याङकन गरी शुन्य दशमलब २५ नम्बर मात्र दिइएकाले पनि भ्रष्टाचार भएको खुलेको बताए।
उनले राष्ट्रिय गौरबको यो आयोजनामा भएको भ्रष्टाचारको छानविन गरेर उपयूक्त कम्पनीलाई अयोजनाको परामर्श दाता तोक्न माग गरे।
२१ माघ २०७२

वि.सं.२०७२ माघ २१ बिहीवार १८:२८ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...