back

उपभोक्तालाई राहत दिन खाद्य संस्थानको घुम्ती सेवा

Kumari bank ad

काठमाण्डौं । भारतीय नाकाबन्दीका कारण महंगोमा सामान किन्न बाध्य भइरहेको अवस्थालाई ध्यानमा राख्दै उपभोत्तालार्इ राहत दिन खाद्य संस्थानले सुरु गरेको घुम्ती सेवा प्रभावकारी देखिएकोछ ।

संस्थानले टोल टोलमा पुगेर १८ गतेदेखि ट्रकमार्फत खाद्यान्न विक्री कार्यक्रम सुरु गरेको हो । एक महिनाका लागि परीक्षणमा ल्याइएको खाद्यान्न पसलमा किनेको भन्दा एक किलोमा दश रुपैयाँसम्म सस्तो छ । सहुलियत मूल्यमा उपभोत्तालार्इ खाद्यान्न उपलब्ध गराउन घुम्तीसेवा सुरु गरेको संस्थानले बताएकोछ । ।

विगतमा संस्थानले चाडपर्वको अवसर पारेर विभिन्न बिक्री केन्द्र सञ्चालन गर्दै आएको भए पनि यसरी घुम्ती सेवा दिईए सामानको बिक्री वितरण गर्दै आएको पहिलो पटक हो । घुम्ती सेवा सफल देखिएको संस्थानले बताएकोछ ।

संस्थानले तीनवटा ट्रकमार्फत उपत्यकाका ६ वटा रुटहरुमा खाद्यान्न बिक्री तिवरण गरिरहेकोछ । यसले वितरण गर्ने खाद्यान्नहरुमा चामल, गेडागुडी, फापर र गँहु पर्छन् ।

संस्थानले खाद्यान्न वितरण गर्ने ६ वटा रुटहरु छन्। रुट नम्बर १ जुन आइतबार, विहिबार र शुक्रबार संचालनमा गरिन्छ । त्यस अन्तर्गत शान्तिनगर, एयरपोर्ट, गैह्रिगाऊँ, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, ठिमी, सल्लाघारी, सुर्यविनायक, जगाती पर्छन्।

सोही बार संचालन गरिने रुट नम्बर २ मा नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, मित्रपार्क, गुह्येश्वरी, जोरपाटी, दक्षिणढोका, फर्कदा जोरपाटी, बौद्ध, महाँकाल, चावहिल, सिफल, ज्ञानेश्वर पर्छन् ।

त्यस्तै आइतबार, सोमबार र मंगलबार संचालन गरिने रुट नम्बर ३ मा कलंकी, स्युचाटार, सितापाइला, स्वयम्भु, वनस्थली, बालाजु बाइपास, नेपालटार, बानियाँटार, ग्रीनल्याण्ड, टोखा, झोर र फिर्ता हुँदा सामाखुशी चोक, रानीबारी चौकी, बसुन्धरा, महाराजगंज पर्छन् ।

सोमबार, मंगलबार र बुधबार संचालन हुने रुट नम्बर ४ मा कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, हरिसिद्धि र फर्किदा ग्वार्को, बालकुमारी, इमाडोल, टिकाथली, लोकन्थलीबाट फर्की जडिकुटी र पेप्सीकोला  पर्छन् ।

त्यस्तै मंगलबार, बुधबार र विहिबार पर्ने रुट नम्बर ५ मा कालीमाटी, बल्खु, किर्तिपुर र आसपासका एरिया पर्छन् । त्यसैगरी बुधबार, विहिबार र शुक्रबार संचालनमा आउने रुट नम्बर ६ मा लैनचौर, लाजिम्पाट, महाराजगंज, बाँसबारी, हात्तीगौंडा, गणेशचोक, चपली, खड्का भद्रकाली र बुढानिलकण्ठ पर्ने संस्थानले जानकारी दिएकोछ ।

माघ २२, २०७२/ ७.००

वि.सं.२०७२ माघ २२ शुक्रवार १०:२५ मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...