
बंगलादेश । नेपालले आज शुक्रवार १४ वर्षपछि यू–१९ विश्वकप क्रिकेटमा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेकोछ । १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो क्वार्टरफाइनलको बिहान पौने नौ बजेदेखि सुरु भएको खेलमा टस जितेर नेपालले ब्याटिङ रोज्दै आयोजक राष्ट्र बंगलादेशको सामना गर्दैछ ।
मिरपुरस्थित सेरे बंगला नेसनल स्टेडियममा घरेलु टोलीका समर्थकहरुबीच नेपालले प्रतिस्पर्धा गरिरहेको हो । यसअघि नेपालले बंगलादेशसँग आईसीसी यू–१९ विश्वकपमासन् २००२ मा प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपालले बंगलादेशमाथि २३ रनको जित निकालेको थियो।
बंगलादेशलाई पराजित गर्न सक्यो भने नेपालले सेमिफाइनलमा पाकिस्तान र वेस्ट इन्डिजको विजेतासँग खेल्नेछ।
माघ २२, २०७२ / १०.००
वि.सं.२०७२ माघ २२ शुक्रवार १०:५० मा प्रकाशित