back
NMB ad

भूकम्पमा भागदौड गर्दा राजधानीमा १४ जना घाइते

Kumari bank ad

काठमाडौँ । शुक्रबार राति गएको भूकम्पमा भागदौड गर्दा राजधानीमा १४ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी रानीपोखरीका अनुसार प्रारम्भिक विवरणमा १४ जना घाइते भएको सूचना मिलेको प्रहरीले जनाएको छ ।

काठमाडौँको अनामनगरमा मात्रै पाँच जना घाइते भएका छन् । अनामनगरमा केही घरमा आंशिक क्षति भएको छ । त्यहाँ बस्नेमध्ये पाँच जनालाई चोट लागेको छ । सुत्ने तरखरमा रहेका उनीहरुलाई राति १० बजेर ५ मिनेटमा गएको भूकम्पले कडा धक्काबाट घरमा भएको क्षतिले घाइते बनाएको हो ।

Bhukampa photo
राजधानीको अनामनगरमा भूकम्पमा परि घाइते भएमा व्यक्ति . तस्बिर : दैनिक नेपाल

यसैगरी, असन, स्वयम्भु, पानीपोखरी, बालाजुमा पनि एक/एक जना घाइते भएका छन् । ललितपुरको इमाडोलमा पनि एक जना घाइते भएका छन् । घाइतेहरुको प्रहरीले उद्दार गरी विभिन्न अस्पतालमा लिएर गएको महानगरीय प्रहरी केन्ट्रोलले जनाएको छ ।

भूकम्पको धक्का महशुस भएसँगै राजधानीमा स्थानीयहरु सडकमा निस्किएका थिए । सिन्धुपाल्चोक केन्द्रविन्दु रहेको भूकम्प ५.५ रेक्टर स्केलको थियो ।

२२ माघ २०७२ / ११:१५

वि.सं.२०७२ माघ २२ शुक्रवार २३:२० मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...