
काठमाडौँ । क्षेत्रीय अधिवेशनमा खटिएका नेपाली काँग्रेसका दुई कार्यकर्ताको गोली हानी हत्या भएको छ । धनुषाको गणेशनाथ चारमान नगरपालिका २ मा नेपाली कांग्रेस क्षेत्रिय अधिवेशनका बुथ प्रतिनिधि ३५ वर्षीय नसिम रायलाई गोली प्रहार भएको छ । उनलाई अज्ञात समूहले गोली प्रहार गरेको हो ।
उनलाई उपचारको लागि जनकपुर अस्पतालमा राखिएको छ । अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारको लागि काठमाडौं लगिंदै छ ।
जनकपुर अस्पताल पुगेका कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले लोकतान्त्रिक गणतन्त्र संस्थागत भएका केही पक्षलाई चित्त नबुझेकाले उनीहरुले कांग्रेस महाधिवेशन लक्षित गरी हिंसा मच्चाउने प्रयास गरेको टिप्पणी गरे ।
गएराति धनुषाकै पूर्वी क्षेत्र बालाबाखरमा शुक्रबार राति कांग्रेस नेता राजेन्द्रप्रसाद यादवको भएको थियो । यादवको पनि अज्ञात समूहले धनुषाको बालाबाखर–४ मा गोली हानेर हत्या गरेको बताइएको छ ।
वि.सं.२०७२ माघ २३ शनिवार १०:५० मा प्रकाशित