
काठमाण्डौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा आजबाट जिम्मेवारी सम्हालने गरी महेश गुरागाईं नियुक्त भएका छन् । गत साता तात्कालिन अध्यक्ष शोभाकान्त पौडेलले राजिनामा दिएपछि अर्थमन्त्रालयले गुरागाईंलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो।
सार्वजनिक वित्त व्यवस्थापनका विज्ञ गुरागाईं पेशाले चार्टर्ड एकाउण्टेन्ट हुन्। उनले सरकारी तथा गैह्रसरकारी गरी एक दर्जन भन्दा धेरै संस्थामा विभिन्न पदमा रहेर जिम्मेवारी बहन गरिसकेका छन्। गुरागाईंले सन् २०१२ मा त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर गरेका छन्। उनले भारतबाट सन् १९९८ बाट सिए पास गरेका थिए भने १९९४ मा त्रिभुवन विश्वविद्यालयबाट नै बिकम पास गरेका छन्।
माघ २४, २०७२, १०.१०
वि.सं.२०७२ माघ २४ आइतवार ११:०३ मा प्रकाशित