back
SKIP
prime bank ad

एकै वडामा तरकारी खेतीबाट लाखौंको आम्दानी

Kumari bank ad

पर्वत । जिल्लाको सल्यानस्थित एउटै वडाका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौंँ गाउँमा भित्र्याउने गरेका छन् ।

पूर्वी मोहडामा समतल फैलिएको करिब एक हजार रोपनीमा फैलिएको खेतमा यहाँका करिब ३०० घरपरिवारले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वार्षिक रु पाँच करोडको आम्दानी गर्न सफल भएका छन् ।

बीस वर्ष अघिदेखि धौलागिरीमै पहिलोपटक व्यावसायिक रुपमा बेमौसमी तरकारीखेती सुरु गरेका यहाँका किसानले उत्पादन गरेको तरकारीले बाग्लुङ, म्याग्दी र पर्वत सदरमुकामको माग धानेको छ ।

तराई बन्द र भारतीय नाकाबन्दीको असरले मुलुकका विभिन्न जिल्लामा तरकारीको मूल्य आकासिएका बेला यहाँको उत्पादनले यी तिनै जिल्लामा तरकारीको मूल्य बढ्नुको सट्टा घटेको छ ।

‘हाम्रो उत्पादन काठमाण्डौंसम्म पुग्थ्यो,’ स्थानीय अगुवा किसान नरबहादुर केसीले भने, ‘अहिले सहज ढुवानी नहु“दा यहीको बजारमा सस्तो बेच्नुपरेको छ ।’ पोखरा नारायणगढ, काठमाण्डौं लगायतमा अहिले गोलभेंडाको मूल्य रु ६० भन्दामाथि भएर पनि आफूहरुले रु ३० मा बिक्री गर्नुपरेको उनले बताए ।

केसीले तरकारीबाट मात्रै वार्षिक रु १५ लाखदेखि रु १८ लाखसम्म आम्दानी गर्ने गरेका छन् । सहज सवारी चल्दा यहाँका किसानले धौलागिरी बाहिरका जिल्लामा राम्रो मूल्य पाउँदा उतै निर्यात गर्दै आइरहेका थिए ।

तराई बन्द र नाकाबन्दीका कारण गोलभेंडा, मुला, काउलीलगायतका तरकारीको मूल्य सस्तिएपछि यहाँका अधिकांश किसान बीउ उत्पादनमा लागेका छन् । ‘बाहिर पठाउन नपाएपछि गोलभेंडाको बीउ बनाउन थालेको छु,’ स्थानीय किसान एकनारायण पौडेलले बताए । ‘‘मूल्य राम्रो पाएको भए बीउ भन्दा हरियो बेच्दा दोब्बर आम्दानी हुन्थ्यो ।’’

गाउँका अधिकांश किसान अहिले धान, गहुँ, मकैलगायतका खाद्यान्नबाली छोडेर तरकारीखेतीमा लागेका छन् । खाद्यबालीको तुलनामा तरकारीबाट दशौं गुणा बढी आम्दानी हुने भएपछि वडाभरि रहेका करिब ३०० घरपरिवार सबै तरकारीमा लागेका छन् ।

केही वर्षअघि रेमिट्यान्सबाट धानिएको यो गाउँमा अहिले विदेश गएका युवा भेटिन मुस्किल छ । ‘दश वर्षअघि एकजना विदेश नगएको कुनै घर थिएन,’ स्थानीय नवराज आचार्यले भने, ‘‘अहिले विदेश गएको घर भेट्न मुस्किल छ ।’’

म्याग्दी सदरमुकाममा खुद्रा व्यवसाय गर्दै आउनुभएका आचार्यले ६ वर्षअघि गाउ“मै फर्किएर तरकारीमा खेतीमा लागेका हुन् । यहाँका सबै किसानलाई अरु सबै पेसा व्यवसाय भन्दा तरकारीबाटै राम्रो आम्दानी भएको छ ।

माघ २४, २०७२, १०.१०

वि.सं.२०७२ माघ २४ आइतवार ११:४८ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

वि.सं.२०८० असोज ११ बिहीवार २०:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका...

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

वि.सं.२०८० असोज ११ बिहीवार २०:१५

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३...

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध   

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध   

वि.सं.२०८० असोज ११ बिहीवार २०:११

काठमाडौँ, ११ असोज : नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम...

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री   

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० असोज ११ बिहीवार २०:०६

एकराज पाठक कैलाश मानसरोवर (चीन), ११ असोज : चीनको औपचारिक...

साझा प्रकाशनका पुस्तकमा पचास प्रतिशतसम्म छुट   

साझा प्रकाशनका पुस्तकमा पचास प्रतिशतसम्म छुट   

वि.सं.२०८० असोज ११ बिहीवार २०:००

गण्डकी, ११ असोज : साझा प्रकाशनको केन्द्र र देशभरका शाखा...

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

वि.सं.२०८० असोज ११ बिहीवार १९:५३

विक्रम गिरी हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद,...