
काठमाण्डौं । साताको पहिलो दिन सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आज आइतबार नेपाली बजारमा सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
अघिल्लो साता प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको सुन यो साताको पहिलो दिनमै ८ सय रुपैयाँले बढ्न पुगेको हो । अन्तरराष्ट्रिय बजारमा दैनिक जसो सुनको मुल्य बढिरहँदा नेपाली बजारमा पनि यसको असर देखिन थालेको हो ।
आज आइतबार चाँँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय १५ रुपैयाँमा कारोवार भइरहेको छ ।
२४ माघ, २०७२/ ११.३०
वि.सं.२०७२ माघ २४ आइतवार १२:०० मा प्रकाशित