
भारत । गुवाहाटीमा भइरहेको १२ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपाल र भुटान बीचको खेल सुरु भएको छ।
समूह चरणको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगबन्धु गोल्डकपमा राम्रो प्रदर्शन गर्दै उपाधी उचाल्न सफल नेपाली टोली उत्साहका साथ मैदानमा उत्रिँदै छ। बंगबन्धु गोल्डकपमा राम्रो प्रदर्शनपछि नेपालले फिफाको अंक निर्धारणमा ८ स्थान सुधार गरेको छ।
अहिले नेपाल १८८ औं स्थानमा छ भने भूटान १९३औं स्थानमा छ।
२४ माघ, २०७२/ २.४०
वि.सं.२०७२ माघ २४ आइतवार १४:३४ मा प्रकाशित