back

हरेक दिन नयाँ रेकर्ड राख्दै पुँजी बजार, आज ७५ करोड बढी कारोबार

काठमाण्डौं  । सबै सूचक हरियो भएको दिन आज पुँजी बजारमा ७५ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार नयाँ रेकर्ड कायम गर्दै १२६२.८२ अंकमा बन्द भएको छ । बजारमा ११.४० अंकको वृद्धि देखिएको छ ।

यसअघि गत विहीबार पनि बजार नयाँ रेकर्ड कायम गर्दै ११५१ अंकमा बन्द भएको थियो । बजारमा एकसय २४ कम्पनीको सेयर कारोबार भएको छ। बजारमा आठ समूहको सेयर कारोबार भएकोमा सबै समूहको सूचक बढेको छ ।

सेयर बजारमा दुई कम्पनीको सेयर पाँच करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंककको पाँच करोड ३३ लाख र आरएमडिसीको पाँच करोड २७ लाखको सेयर कारोबार भएको हो। यस्तै एसिएन लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंकलगायतका कम्पनीको सेयर पनि धेरै कारोबार भएको छ।

सबैभन्दा धेरै बीमा समूहको सूचक बढेको छ। बीमा समूहको सूचक ४८.८ अंकले बढेको छ। बीमासँगै जलविद्युत समूहको सूचक ३३.८८ अंकले बढेको यस्तै वाणिज्य बैंक समूहको सूचक १२.७८ अंकले, होटलको २६.८६ अंकले, उत्पादनको २८ अंकले तथा अन्य समूहको सूचक ४.८ अंकले बढेको छ।

सेयर बजारमा सबैभन्दा धेरै नेपाल ग्रामीण विकास बैंकका लगानीकर्ताले कमाएका छन्। यो कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। यस्तै अपी पावर कम्पनी, सगरमाथा फाइनान्स कम्पनीको सेयर मूल्य पनि धेरै बढेको छ। बजारमा गुमाउनेमा भने अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन्।

माघ २४, २०७२ /३.००

वि.सं.२०७२ माघ २४ आइतवार १५:१६ मा प्रकाशित

You can share this post!

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

वि.सं.२०८० असोज ८ सोमवार १४:२४

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट लाभांश...

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

वि.सं.२०८० असोज ८ सोमवार १४:१६

पर्वत, ८ असोज : निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि...

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १४:०३

बैतडी, ८ असोज : भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे...

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

वि.सं.२०८० असोज ८ सोमवार १३:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ८ असोज : गलकोट नगरपालिका–५...

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

वि.सं.२०८० असोज ८ सोमवार १३:१८

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता...

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत   

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत   

वि.सं.२०८० असोज ८ सोमवार १२:५५

हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत...