back
NMB ad

‘पर्यटन क्षेत्रमा हरियो झण्डा बोके पुग्छ, गाढा रातो बन्नु पर्दैन’

Kumari bank ad

नेकपा एमाले केन्द्रीय सदस्य एवं पर्यटन प्रवद्र्धन विभागका प्रमुख सूर्य थापा पछिल्लो समय पर्यटन व्यवसायी माझ चिरपरिचित व्यक्ति हुन् । पार्टीको नवौं महाधिवेशनपछि पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन एवं संगठन सुदृढीकरण गर्न, व्यवसायीका समस्यालाई राज्यको तहसम्म महत्वपुर्ण ढंगले उठान गर्न आवश्यक ठानी नयाँ विभाग खडा गरेर थापालाई पहिलोपटक विभागको प्रमुख बनाइयो । थापाको आगमनसँगै यतिबेला पर्यटन  क्षेत्रका व्यवसायिक संगठनहरु (टान, नाट्टा, टुरिष्ट भेहिकल्स, टुरिष्ट बस एसोसियसन) जुन छन्, तिनको भर्खरै सम्पन्न निर्बाचनमा एमालेनिकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले छिट्फुट बाहेक प्यानलै जित्न सफल भएको छ । व्यवसायीहरुमा समस्याको पहिचान, सुझबुझका साथ योजना निर्माण गरी राजनीतिक नेतृत्व प्रदान गर्न सक्षम नेतृत्वको रुपमा स्थापित थापासँग पर्यटन क्षेत्रका समस्या र आगामी योजनाबारे अर्थतन्त्रका लागि रामेश्वर कार्कीले गरेको कुराकानीको संपादित अंश ।

तपाईलाई नेकपा (एमाले)ले पर्यटन प्रवद्र्धन विभाग प्रमुखको जिम्मेवारी दिएलगत्तै राष्ट्रिय पर्यटन व्यवसायी संगठनले उभ्यएका प्यानलहरु पर्यटनका विभिन्न संस्थामा भटाभट जित्न थाले, यो कसरी संभव भयो ?

पार्टीले पर्यटन क्षेत्रमा बेग्लैढंगले संगठनात्मक संजाल र नेतृत्वदायी संरचना व्यवस्थित गर्ने आवश्यकता महसुश गरेर नवौँ महाधिवेशन पछि पर्यटन प्रवद्र्धन विभाग छुट्टै बनायो । यसअघि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र व्यवसायीहरुको छुट्टै रुपमा स्थापित थियो । त्यसका गतिविधिहरु सामान्य रुपमा चलेका थिए । तर त्यो संगठन ४५ जना संस्थकपक सदस्य रहेको र काम गर्न आन्तरिक अन्तरबिरोधमा फसेकै कारणले प्रतिस्पर्धीहरुसँग आफ्नो हैसियत र बर्चस्व स्थापित गर्ने गरी प्रस्तुत हुन नसकेको अवस्थामा थियो ।

Surya thapa 6

मलाई लाग्छ नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको इञ्चार्जको नाताले मैले त्यहाँ लामो समय लगाएर अन्तरविरोध व्यवस्थापन गर्ने र संगठनलाई एकढिक्का बनाउने र त्यसका निम्ति केन्द्रिय समितिको बैठक बस्नु भन्दा अगाडि त्यसको लागि सकारात्मक वातावरण बनाउने, केन्द्रीय समितिको बैठकलगत्तै प्रथम राष्ट्रिय महाधिवेशन गरेर संगठनलाई एक ढिक्का बनाउने काम भयो । खासगरी टानको निर्वाचनभन्दा अगाडी असोज १ र ८ गते यो काम सम्पन्न भइसकेकाले निर्वाचनमा जानको निम्ति आन्तरिक तयारी र आत्मगत परिस्थिति निमार्ण गर्ने काम भयो । टानको निर्वाचनमा मतदाताका हिसाबले मात्र कुरा गर्दा हामीले बहुमत ल्याउनसक्ने स्थिति थिएन । त्यसो भएर त्यहाँ गठबन्धन निर्माण ग¥यौँ । खासगरी व्यवसायिक शेर्पा समुदाय र एनेकपा माओवादीसम्बद्ध यूटिनलाई साथमा लिएर नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको नेतृत्वमा १७ सदस्यीय टीम निर्माण गर्ने काम भयो, त्यसले १ जना कोषध्यक्ष र १ सदस्यबाहेक सबै ठाउँमा विजय हासिल ग¥यो । कोषाध्यक्षमा पनि हाम्रा केही साथीहरु बहकिएर अन्यथा मतदान गरेको भन्ने कुरा बाहिर आयो । साथीहरु नबहकिएको भए हामीले नै जित हात पार्ने थियौँ । र, पहिलोपटक चन्द्र रिजालको नेतृत्वमा टानमा हाम्रो संगठनले नेतृत्व गरेको र हाम्रो संगठन गठबन्धनमा सामेल भएको सयुंक्त व्यवसायिक प्यानल बिजयी भयो ।

यसबिचमा टुरिष्ट भेहिकल्स एसोसियसनमा साङ्गे लामाको नेतृत्वमा र टुरिष्ट बस यसोसियसनमा श्रीकान्त आचार्यको नेतृत्वमा निर्वाचनहरु जिल्ने काम भयो । यद्यपि ती संगठन राजनीतिक रुपमा प्रत्यक्ष हाम्रो निगरानी र नियन्त्रणमा छैनन् । तिनीहरुमा आ–आफ्नै हिसाबले जित्ने काम भएको हो । तथापि तिनमा मार्गनिर्देशन गर्ने काम भने भएको छ ।

Digo paryatan cooperative

दोस्रो पटक नाट्टाको निर्वाचन आयो । २०२२ सालमा स्थापित नाट्टामा अहिलेसम्म यसढंगको संस्थागत पहलकदमीमा निर्वाचनमा होमिने र निर्वाचनमा प्रतिस्पर्धा गर्ने काम भएको थिएन । यसपाली हामीले स्वतन्त्र व्यवसायिक समुहको निर्माण गर्ने टानको जुन अभ्यास थियो, नाट्टामा पनि त्यही किसिमको अभ्यास ग¥यौं र मधुसुदन आचार्यको नेतृत्वमा १५ जनाको प्यानल निर्माण ग¥यौं । जसमा अध्यक्षसहित प्रथम उपाध्यक्ष, महासचिव, सचिव सहितकासबै पद र सदस्यहरुमा हाम्रो प्यानलका उम्मेदवारहरुले जित्न संभव भयो । यो उत्साहजनक कुरा हो ।

मलाई लाग्छ आन्तरिक रुपमा एकताबद्ध हुने र आन्तरिक अन्तरविरोधहरुलाई हल गर्ने हो भने प्रतिस्पर्धामा जतिसुकै असम्भब चुनाव पनि जित्न सकिन्छ । अप्ठ्यारा ठाउँमा पनि स्थान बनाई परिस्थितिहरुलाई अनुकुल बनाउन सकिन्छ भन्ने दृष्टान्त यी अभ्यासहरुले देखाएका छन् ।

Surya thapa 3
आन्तरिक रुपमा एकताबद्ध हुने र आन्तरिक अन्तरविरोधहरुलाई हल गर्ने हो भने प्रतिस्पर्धामा जतिसुकै असम्भब चुनाव पनि जित्न सकिन्छ । अप्ठ्यारा ठाउँमा पनि स्थान बनाई परिस्थितिहरुलाई अनुकुल बनाउन सकिन्छ भन्ने दृष्टान्त यी अभ्यासहरुले देखाएका छन् ।

यसैवीचमा संगठन र पार्टीको हित र संस्थागत योजनाभन्दा व्यक्तिगत हिसाबले चल्न खोज्ने प्रवृत्ति नभएको होइन । आफुलाई चाहिं विभिन्न पक्षसंग अनाधिकृतढंगले वार्तामा प्रस्तुत गर्ने, विभिन्न पार्टीसँग खुसामत गर्ने, आफ्नो पार्टीसँग समन्वय नगर्ने, छलफल नगर्ने, गुटगत गतिविधि गर्ने प्रयासहरु नभएका हैनन् । ती सबैलाई संस्थागत पहलकदमी र निणर्यको आधारमा हल गर्दै पार्टी र सहकर्मीको सहयोगमा यो ठाउँमा पुग्ने काम भएको हो । यसलाई महत्वपुर्ण उपलब्धि नै मान्नु पर्छ ।

तपाइले पार्टी प्रचारको जिम्मेवारीमा लामो समय विताउनु भयो त्यहाँ पनि पे्रस चैतारीको व्यानरमा पत्रकार महासंघको नेतृत्व जिताउन महत्वपुर्ण भूमिका खेल्नु भयो । पर्यटनमा आउने वित्तिकै चुनावी कामकै पहिलो मुकाविला गर्नुभयो, चारतिर फर्केका व्यवसायीहरुलाई मिलाउन र एक ढिक्का बनाएर लैजान कत्तिको अप्ठ्यारो महसुस गर्नुभयो ?

Surya thapa 2

पर्यटन क्षेत्र मेरो लागि नयाँ क्षेत्र र थियो । तर पत्रकारितासंग सम्बद्ध संघसंगठनमा काम गरेको अनुभवका आधारमा मैले यसलाई अप्ठ्यारो र असहजिलो ठानिनँ । पर्यटन क्षेत्र पहिले एलिटहरुको बाहुल्यता, पछि दरबारनिकट व्यवसायीको हालिमुहाली र पछि नेपाली कांग्रेस निकट व्यक्तिहरुको हालीमुहाली भएको क्षेत्र थियो । हाम्रो पार्टीका निकट व्यवसायीहरुले क्रमशः विकास गरिरहेको ठाउँ हो । पछिल्लो कालमा यसलाई संगठित गर्ने काम भयो ।

हामीकहाँ काठमाडौँको ठमेल, पोखराको लेकसाइड, लुम्बिनी र सैराहाबाट छिटफुट रुपमा धानिएको पर्यटन व्यवसाय रहिआयो । यसरी सीमित रुपमा विकास भइरहेको क्षेत्रमा आफ्नो स्पेस आफैँ बनाउने क्रमशः प्रयास जारी थियो । यसै सिलसिलामा पार्टीले मलाई यो कामको जिम्मेवारी दिएको हो । यस्तो स्थितिमा आउँदा मलाई यो क्षेत्रकोसमग्र काम छिट्टै र व्यवस्थित गर्न सकिन्छ भन्ने लागेको थियो । लगत्तै भुकम्प र नाकाबन्दीजस्ता राष्ट्रिय संकट र प्राकृतिक बिपत् झेल्नुप¥यो । भुकम्पपछि पर्यटकीय क्षेत्रहरुचाहिं सुख्खाजस्तै भए र पर्यटन क्षेत्र ज्यादै अप्ठ्यारोमा प¥यो । सँगसँगै पर्यटन क्षेत्रमा लागेका साथीहरुलाई पनि नजिकबाट चिन्ने र समस्या पहिचान गर्ने काममा लाग्नुपर्ने भयो । मेरो अनुभवमा यो क्षेत्रमा संस्थागत हिसाबले काम गर्न धेरै मेहनत गर्नुपर्ने अवस्था छ ।

चार वटा संगठनमा चुनाव जितियो भन्नुभयो । अझ यस क्षेत्रलाई व्यवस्थित गर्ने तपाईको पार्टीसँग उपायचाहिं के छ नि ?

हाम्रो उद्देश्य केवल चुनाव जित्नु, चुनाव जित्दा खुशी हुनु र हार्दा रुनु मात्रै होइन । चुनावको गोलचक्कर र भुलभुलैयामा लाग्नु मात्रै पनि हाम्रो उद्देश्य होइन । पर्यटन क्षेत्र नेपालको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र हरहिसावले संम्भावना बोकेकको क्षेत्र रहेको छ, त्यसलाई अझ विकास गरेर नेपाली नागरिकलाई समृद्धि र सम्पन्नता प्रदान गर्ने एउटा महत्वपुर्ण अवयवका रुपमा खडा गर्नु हाम्रो लक्ष्य हो । अहिले पर्यटन क्षेत्रको स्तर सन्तोषजनक छैन । पर्यटकहरुको बासस्थानको हिसाबले राष्ट्रिय र अन्तराष्ट्रिय हिसाबले यो क्षेत्रको विकास गर्नुपर्छ । हामी समस्याको व्याख्या गर्न आएको होइन, पर्यटनको क्षेत्रमा समस्याको समाधान गरी केही भुमिका खेल्नुपर्छ भनेर पार्टीले पठाएको हो ।

Surya thapa 4

तपाईले पर्यटन विभागको नेतृत्व गर्नुभएलगत्तै देशले भूकम्प र नाकाबन्दीको मार खेप्नुप¥यो । धरासायी बन्न पुगेको पर्यटन क्षेत्रलाई उकास्न केही योजना र विकल्पहरु सोच्नुभएको छ ?

नेपालमा जति पर्यटकीय संभावना छ, अन्य मुलुकहरुमा यहाँभन्दा कमै छ । भूकम्पले काठमाण्डौ, भक्तपुर, ललितपुर, गोरखालगायतका क्षेत्रमा प्राकृतिक, मानवीय, सांस्कृतिक र ऐतिहासिक महत्वका संरचनाहरुमा धेरै क्षति पु¥याएको छ । धरहरादेखि हाम्रा धेरै गौरव गर्ने संरचनाहरु ढलेका छन र युनेस्कोमा सुचिकृत भएका संरचनाहरु भत्केका छन् । तर नेपालका पुरातात्विक संरचनाहरु मात्र हेर्न भनेर आउने पर्यटकहरुको संख्या कम हुन्छ । खासगरी हिमाल आरोहणदेखि पदयात्रामा आउने पर्यटनहरुको संख्या धेरै रहेको पाइन्छ । यी सांस्कृतिक सम्पदाहरु २००–५०० देखि १५०० बर्ष अगाडिबनेका थिए, तिनको निश्चित समायवधि र आयु हुनु अनिवार्य थियो । तर विगतका सरकारहरुले तिनको पुनः निर्माण गर्न नसकेकाले ती संम्पदाहरु भूकम्पको धक्काले सहजै ढले ।

अब ती पुरातात्विक, साँस्कृतिक सम्पदा र संरचनाहरुलाई जस्ताको तस्तै बनाउनुपर्छ । अर्थात् धरहरा जस्ताको तस्तै, स्वयम्भु जस्ताको तस्तै र चागुनारायण जस्ताको तस्तै बनाउनु पर्छ । महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीस्थित प्रताप मल्लले बनाएको मन्दिर पुनः निर्माण गर्नको लागि सिलान्यास गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्रीले बुङमतिमा सांस्कृतिक सहर निर्माण कार्यको सिलान्यास गरेर पुनः निर्माण अभियान अगाडि बढाउनुभएको छ ।

CPN UMLsarsafai  abhiyan

यी कामहरु योजनाबद्ध ढंगमा अगाडि बढाउनुपर्छ । पुरातत्व विभागले यी काममा ध्यान दिनुपर्छ । र, अन्तराष्ट्रिय रुपमा यी संरचनाहरुलाई धेरै बर्ष पछिसम्म पनि पर्यटकहरुलाई आकर्षित गर्ने हिसाबले पुनःनिर्माण र व्यवस्थित गर्नुपर्छ । खासगरी सँगसँगै मनास्लु, रोलबालिङ, खुम्बु बेसक्याम्पसम्मका पदमार्गहरुमा केही क्षति भएको थियो । मियोमतो ईन्टरनेशनलको रिपोर्टले ३ प्रतिशतभन्दा कम तीक्षेत्रमा क्षति भएको देखाएको थियो । तिनको मर्मतसंभार गरेर पदयात्रालाई जस्ताको तस्तै काम गर्न सकिन्छ भनेर भुकम्पलगत्तै जेठअसार महिनामै राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत यो कुराको लागि हामीले दवाब दिने काम गर्यौं ।

साथै पुर्वको पाथिभरादेखि कञ्चनजंघा तथा पश्चिममा रारा, स्वर्गद्वारी, खप्तड, ठाकुरद्वारा अनि पोखरा, लुम्बिनी, काठमाण्डौँ र जनकपुरलगायतका ठाउँमा स्वयंम्सेवक परिचालन गरी पार्टीको व्यानरमा पर्यटन प्रवद्र्धनको कार्यक्रम गगर्यौं । काठमाडौँमा हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रदान गर्नको लागि बसन्तपुरदेखि ठमेलसम्म पदयात्रा ग¥यौँ र पार्टी अध्यक्ष, महासचिवदेखि नेता र कार्यकर्ताहरुसम्म लागेर व्यानरसहित कार्यक्रम सम्पन्न ग¥यौँ । यी सबै कुराले के देखाउँछ भने पर्यटन क्षेत्रका समस्या समाधानदेखि विद्यमान समस्याहरुको मात्रा अनुभुति गर्ने र त्यसका लागि समाधानको ठोस अनुभुति लिई रोग पहिचान गर्ने र उपचारको पहल गर्ने काम नेकपा (एमाले)ले गरेको छ । हामीले त्यसढंगले नीतिगत र व्यवहारिक कामहरु अगाडि बढाएका छौँ । चाहे पार्टीको कार्यक्रममा होस्, चाहे टानको कार्यक्रममा होस्, अथवा पर्यटन प्रबद्र्धनको क्षेत्रमा होस्, जहाँतहीँ ध्यानाकर्षण गराउने काम, राज्यलाई घच्घच्याउने काम हामीले गराएका छौँ ।

भूकम्पपछि पनि प्राकृतिक र साँस्कृतिक संरचनाहरु सुरक्षित छन् भन्नु भयो । यद्यपि यीसम्पदाहरु सुरक्षित छन् भनेर प्रचार गर्नेदेखि त्यसनिम्ति चाहिने पूर्वाधार विकासमा राज्यको तहबाट प्रभावकारी काम भने भएको देखिन्न नि ?

Surya thapa 1पूर्वाधारको काम जति महत्वमा रहनुपथ्र्यो, त्यो रहेको पाइँदैन । कुल सरकारी  बजेटको ०.६ प्रतिशत  मात्र पूर्वाधारमा छुट्याइएको छ । निजगढ, भैरहवा र पोखरा विमानस्थल, फास्टट्रयाक निमार्ण यी सबै कामहरुको बजेट पनि पर्यटनसँग सम्बन्धित हो भनेर भनिन्छ । तीचाहिँ राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणलाई अगाडि बढाएको गति हेर्दा सन्तोष गर्ने स्थिति छैन ।

नेपालमा २० लाख पर्यटकहरुलाई चाहिने पूर्वाधारचाहिं यहाँ छ । २० लाख पर्यटकहरुलाई सेवासुविधा पु¥याउनसक्ने गन्तव्यस्थलहरु र पूर्वाधारहरु यहाँ छन् । हालसम्म बर्षमा ९ लाखभन्दा बढी पर्यटक नेपाल भित्राउन सकेको छैन । विभिन्न नकारात्मक कारणहरु, १० बर्ष लामो जनयुद्ध, संक्रमणकाल, नाकाबन्दी, भूकम्प यी कारणले गर्दा हामीकहाँ २० लाख पर्यटक भित्राउने पुर्वाधारको सहीढंगले उपयोग हुनसकेको छैन । यद्यपि हामीकहाँ पूर्वाधारको काम जति महत्वमा रहनुपथ्र्यो, त्यो रहेको पाइँदैन ।

कुल सरकारी बजेटको ०.६ प्रतिशत मात्र पूर्वाधारमा छुट्याइएको छ । निजगढ, भैरहवा र पोखरा विमानस्थल, फास्टट्रयाक निमार्ण यी सबै कामहरुको बजेट पनि पर्यटनसँग सम्बन्धित हो भनेर भनिन्छ । तीचाहिँ राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणलाई अगाडि बढाएको गति हेर्दा सन्तोष गर्ने स्थिति छैन । सरकारको बजेटको हिस्सा एकदम कमजोर छ । पूर्वाधारमा लगानी एकदम कम छ । त्यसमा पनि निजी क्षेत्रलाई प्रथामिकता दिएर अघि बढाउने काम पनि अपेक्षाअनुसार भएको छैन ।

खासगरी रारा, माथिल्लो डोल्पा, खप्तड जस्ता ठाउँहरुको पर्यटन विकास पुर्वाधारकेन्द्रित भएर हुनसकेको छैन । तीपर्यटन विकासका आकर्षक गन्तव्यहरु हुन्, त्यहाँ पुर्वाधारको राम्रोसँग विकास हुन सकेको छैन् । प्रताप मल्लले बनाएको रानीपोखरी, भीमसेन थापाले बनाएको धरहरा, मानदेवले बनाएको चाँगुनारायणलगायत जयस्थिति प्रताप मल्लकै दरबारका रुपमा रहेको बसन्तपुर दरबार जो मल्ल कालमा नै बनेको थियो । ती संरचनाको आधारमा मात्र पर्यटन बिकास आजको आवश्यकताअनुरुप अगाडि बढ्नसक्दैन । अबको दुई सय बर्ष पछिको पुस्ताले समेत देख्ने, जान्ने, बुझ्ने, सुन्ने र तीसंरचनाहरुको फाइदा उठाउने गरीआजको पुस्ताले यस ढंगका सम्पदाहरु निर्माण गर्नुपर्छ । पर्यटकहरुलाई आकर्षण गर्न, पर्यटनको विकास गर्न र त्यसको लाभ देश र जनताले उठाउने स्थिति सिर्जना हुनसक्छ । हामी त्यसरी अगाडि बढ्नुपर्छ । यसो गर्न सकिएन भने हामी इतिहासतिर फर्केका हुनेछौँ, भविष्यतिर अगाडि बढ्न सक्दैनौँ । हामीले भविष्यको आवश्यकतालाई मध्यनजर गर्न सक्नैपर्छ ।

राज्यलाई व्यावसायीहरुले पनि उपयुक्तसल्लाह र सुझाव दिएकै होलान् । अझ प्रभावकारी रुपमा विकास गर्न व्यवसायिक संगठनहरुबीचको समन्वयात्मक भूमिका संभव हुनसक्दैन ?

नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन सरकार सहजकर्ता, नीति निर्माणकर्ता, अनुकुल वातावरण निर्माणकर्ताको रुपमा र बढी निजी क्षेत्र त्यसको प्रबद्र्धनकर्ताको रुपमा व्यवसायहरु प्रबद्र्धनमार्फत लाभ लिने र तीलाभबाट देश र जनताले फाइदा उठाउने हिसाबले काम गर्नुपर्छ । त्यसो भएर सरकार र निजी क्षेत्र मिलेर यो (पर्यटन) क्षेत्रलाई निजीक्षेत्रमैत्री बनाउनुपर्छ । सरकारी एकल पहलमा मात्र यो क्षेत्रको विकास संभव छैन । निजी क्षेत्रले मात्र चाहेर पनि यो काम हुनसक्दैन । किनभने नीतिगत प्रबन्ध र अनुकुल वातावरण निर्माण गर्ने काम सरकारले नै गर्ने हो । ठुला ठुला क्षेत्रमा लगानी सरकारले नै गर्ने हो । पुर्वाधार निर्माणमा लगानी सरकारले नै गर्ने हो । गन्तब्यको प्रबद्र्धन गर्ने काम निजी क्षेत्र र व्यवसायीहरुले गर्ने हो । यसमा तालमेल र लय मिलाएर अगाडि बढ्नुपर्ने जरुरी छ, तर अहिलेसम्म यो काम हुन सकेको छैन । हामी यही लय, गति र ताल मिलाउने काममा केन्द्रित हुनुपर्छ भनेर लागिरहेका छौँ ।

सरकार र निजी क्षेत्र मिलेर यो (पर्यटन) क्षेत्रलाई निजीक्षेत्रमैत्री बनाउनुपर्छ । सरकारी एकल पहलमा मात्र यो क्षेत्रको विकास संभव छैन । निजी क्षेत्रले मात्र चाहेर पनि यो काम हुनसक्दैन । किनभने नीतिगत प्रबन्ध र अनुकुल वातावरण निर्माण गर्ने काम सरकारले नै गर्ने हो । ठुला ठुला क्षेत्रमा लगानी सरकारले नै गर्ने हो । पुर्वाधार निर्माणमा लगानी सरकारले नै गर्ने हो । गन्तब्यको प्रबद्र्धन गर्ने काम निजी क्षेत्र र व्यवसायीहरुले गर्ने हो ।

व्यवसायीको संगठनलाई राजनीतिक नेतृत्व प्रदान गरिरहँदा व्यवसायीहरुले पनि त्यहाँका समस्यामा तपाईसँग स्पष्टै बताएका होलान् । यतिबेला सरकारको नेतृत्व र पर्यटन मन्त्रालय त झन लामो समयदेखि एमालेसंगै छ । यसमा समन्वय गर्ने र आवश्यक कदम चाल्न के समस्या छ र ?

Surya thapa

व्यक्तिगत रुपमा व्यवसायीहरु सबैको समस्या समाधान गर्न म एक्लैले सम्भव छैन । मैले पनि संस्थागत रुपमा नै पहल गर्ने हो । पर्यटन क्षेत्रसँग सम्बन्धित सबै मर्महरुलाई आत्मसात् गरेर जुनसुकै समस्याहरु समाधान गर्नका निम्ति कुनै प्रकारको आग्रह पुर्वाग्रह नराखी पहल गर्ने कुरामा मैले आफुलाई सँधै खुला राखेको छु । जुनसुकै समस्याको समाधानका निम्ति मन्त्री, मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउने काम भएको छ । यसमा कहीँ कमी भएको छ भने कमी हटाउन र कामलाई अझ व्यवस्थित रुपमा निरन्तरता दिन म तयार छु ।

 

खासगरी व्यवसायीहरुका कुनै पनि समस्यालाई मन्त्री र सरकारसमक्ष पु¥याउने, मन्त्रालयसमक्ष पु¥याउने र समाधानका निम्ति अग्रसर हुने कुरामा म २४ सै घण्टा सेवामा लागिपरेको छु । खासगरी मैले विभागीय जिम्मेवारीलिएलगत्तै यसअन्तर्गत संगठनको संस्थागत पहलकदमी, सरकार र मन्त्रालयसँग पनि मिलेर यी कुराहरुको समन्वय गर्ने हो, यो काम मैले सक्रियताका साथ गरिरहेको स्पष्टै छ । व्यक्तिगत रुपमा व्यवसायीहरु सबैको समस्या समाधान गर्न म एक्लैले सम्भव छैन । मैले पनि संस्थागत रुपमा नै पहल गर्ने हो । पर्यटन क्षेत्रसँग सम्बन्धित सबै मर्महरुलाई आत्मसात् गरेर जुनसुकै समस्याहरु समाधान गर्नका निम्ति कुनै प्रकारको आग्रह पुर्वाग्रह नराखी पहल गर्ने कुरामा मैले आफुलाई सँधै खुला राखेको छु । जुनसुकै समस्याको समाधानका निम्ति मन्त्री, मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउने काम भएको छ । यसमा कहीँ कमी भएको छ भने कमी हटाउन र कामलाई अझ व्यवस्थित रुपमा निरन्तरता दिन म तयार छु । मैले बढीचाहिं आफ्नो पार्टी, पार्टीले बनाएको संगठन, पार्टीको विभाग र यसको संगठनात्मक पहलदमी एवम् व्यवस्थापनमार्फत आवश्यक नीतिगत र व्यवहारिक कामहरुलाई सहज, गतिशील एवम् परिणाममुखीबनाउने काममा म अगाडि बढिरहेको छु ।

व्यवसायिक संगठनदेखि सरकारसम्म एमालेमय नै छ, तर कामहरु चाहिँ तीब्र गतिमा अगाडि बढ्न सकेन भन्ने व्यवसायीको गुनासो पनि उत्तिकै छ नि ?

हामीले पर्यटन क्षेत्रलाई एमालेमुखी बनाउन खोजेको होइन । हामीले के भनेका छौँ भने पर्यटन क्षेत्रलाई व्यवसायिक बनाउने र व्यवसायिक मर्यादा एवम् आचरणअनुसार यसको लाभ राष्ट्र र जनताले पाउनेखालको बनाउन चाहेका छौँ । एमालेले दिग्विजय गर्ने वा जित्ने मात्र यसको उद्देश्य होइन । यो क्षेत्रको विकासको निम्ति हामी पार्टीले अघि सारेका नीति योजना र प्रतिबद्धताको कार्यन्वयन गरेर यो क्षेत्रलाई समस्यामुक्त बनाउन चाहन्छौँ । यो समस्यामुक्त क्षेत्र भयो भने देश समस्यामुक्त हुन्छ । र, यसको लाभचाहिँ सिंगो देशले उठाउँछ । किनभने थोरै पैसामा राष्ट्रले धेरै फाइदा उठाउनसक्ने क्षेत्र यही हो ।

Surya thapa 5तपाईले एमालेजस्तो भएर काम गर्नुपर्दैन । व्यवसायीहरुका समस्या र आकांक्षाहरुलाई सम्वोधन गर्ने हिसावले काम गर्नुहोस् । जनताको मन छुने काम र व्यवसायीका जायज काम गर्नुभयो भने एमालेका ९० प्रतिशत काम स्वतः हुन्छन् ।

मैले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई पनि भनेको छु, तपाईले एमालेजस्तो भएर काम गर्नुपर्दैन । व्यवसायीहरुका समस्या र आकांक्षाहरुलाई सम्वोधन गर्ने हिसावले काम गर्नुहोस् । जनताको मन छुने काम र व्यवसायीका जायज काम गर्नुभयो भने एमालेका ९० प्रतिशत काम स्वतः हुन्छन् । मैले टान र नाट्टाको नेतृत्वलाई पनि यही कुरा भनेको छु कि तपाईले हाम्रो समर्थनमा निर्वाचन जित्नुभयो, हाम्रो प्यानलवाट चुनाव जित्नु भयो, तपाईहरुले हाम्रो झण्डावाल भएर काम गर्नुपर्दैन । एमालेलाई होइन, जनताका समस्यालाई बुझेर व्यवसायिक भएर काम गर्नुहोस् ।

पर्यटन व्यवसायीहरुका समस्या, माग र आकांक्षाहरु के छन् ? तिनीहरुको सम्बोधन हुने हिसावले काम गर्न सकियो भने मात्रै राम्रो काम भएको मान्न सकिन्छ । यति गर्दा एमालेका ९० प्रतिशत काम स्वतः सम्पन्न हुन्छन् । जनता र व्यवसायीका काम भए पुगिहाल्छ । हामीले चौतर्फी राजनीतिकरण गर्ने र यसको दोहन गर्ने होइन, यसबाट राजनीतिक दलले फाइदा लिने, व्यवसायी र देशले केही नपाउने जे हँुदै आएको छ, त्यस स्थितिको अन्त्य गर्न चाहन्छौँ । हामीले के भनेका छौँ भने हाम्रा साथीहरु रचनात्मक हिसाबले अगाडि बढेर पर्यटन क्षेत्रलाई समस्यामुक्त, व्यवस्थित, विकसित र नेपाल पर्यटन क्षेत्रको लागि आकर्षक गन्तव्य स्थल हो भन्ने सन्देश प्रवाह गरी पर्यटकहरुको नेपालमा ओइरो नै लगाउनुपर्छ । त्यसका लागि योग्यतापुर्वक काम गर्नुपर्छ भनेका छौं, हामीलाई त्यत्ति भए पुग्छ ।

राष्ट्रिय पर्यटन व्यवसायी संगठनले विभिन्न साझा संस्थाहरुमा नेतृत्व लिने काम त गर्दै आएकोछ, आगामी योजना के छ त पार्टीको पर्यटन विभाग र राष्ट्रिय पर्यटन व्यवसायी संगठनको ?

पर्यटन विभागले पार्टीकोनीतिगत कामलाई व्यवस्थित गर्ने हो । यसले पुर्णता पाउन बाँकी नै छ, छिटै यसमा सदस्यहरुको मनोनयन गरेर संस्थागत हिसावले कामको सकारात्मक परिस्थिति निर्माण हुन्छ भन्ने आशा गरेको छु । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले झण्डै ४–५ वर्षभित्र आफुलाई पर्यटन व्यवसायीहरुका माझ अब्बल रुपमा स्थापित गरेको छ । यसको नेतृतवमा रहेका साथीहरुका सिर्जनात्मकता, रचनात्मकता, सक्रियता र सकारात्मक भुमिकाले यसलाई अझ व्यवस्थित, एकढिक्का र बलियोबनाउने नै छ । यसलाई पार्टी, देश र जनताको हितमा अझ बढी परिचालन गरिनेछ ।

झण्डै ४५ को हाराहारी सदस्य संख्याबाट संगठनको ६ गुणा सदस्यता बृद्धि गर्ने काम यही अवधिमा भएको छ । हामी यसलाई कम्तिमा राष्ट्रव्यापी बनाउने, सबै गन्तव्यमा पु¥याउने, सबै प्रदेशहरुमा पु¥याउने योजनामा छौँ । संविधान जारी भएको ५ दिनपछि यसको प्रथम राष्ट्रिय महाधिवेशन गरेर सात प्रदेशमा सात जना ईन्चार्ज तोकेका छौँ । प्रदेश तहदेखि नै यसको काम व्यवस्थित गर्ने तथा केन्द्र, प्रदेश, जिल्ला र गन्तव्यदेखि सबै ठाउँमा यसले व्यवसायीको हकहितका लागि काम गर्नुपर्छ । सँगसँगै हामीले पर्यटन प्रबद्र्धनका निम्ति सञ्चारकर्मी, सामाजिक अभियन्ताहरु, सामाजिक संस्थाहरु र पर्यटन व्यवसायसँग सम्बन्धित अरु संघसंस्थाहरु सबैसँग मिलेर सबैको सहकार्यमा काम अगाडि बढाउँछौ ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले झण्डै ४–५ वर्षभित्र आफुलाई पर्यटन व्यवसायीहरुका माझ अब्बल रुपमा स्थापित गरेको छ । यसको नेतृतवमा रहेका साथीहरुका सिर्जनात्मकता, रचनात्मकता, सक्रियता र सकारात्मक भुमिकाले यसलाई अझ व्यवस्थित, एकढिक्का र बलियोबनाउने नै छ । यसलाई पार्टी, देश र जनताको हितमा अझ बढी परिचालन गरिनेछ ।

पर्यटन व्यवसाय भनेको सामुहिक काम हो । यस अर्थमा सामुहिक भावनाका साथ काम अगाडि बढाउनेर यसको लाभ जनताले लिने स्थिति हामीले सिर्जना गछौँ । त्यसनिम्ति आवश्यक नीतिगत काम गर्न आवश्यक संरचनात्मक व्यवस्थापा मिलाउनेदेखि समग्र काम व्यवस्थित गर्न पार्टीको विभाग र व्यावसायिक संगठनबीचको सहकार्यमा हामी समग्र काम अगाडि बढाउँछौँ । त्यसका लागि व्यवसायीहरु सबैलाई एकढिक्का बनाउन हामी अग्रसर हुन्छौँ ।

surya thapa 1111

अन्त्यमा पर्यटन व्यवसायीहरुलाई भन्नुपर्ने केही छ ?

व्यवसायीहरुले ३६५ दिनमा ३६० दिन व्यवसाय गर्नुहोस् । बढीभन्दा बढी आफ्नो व्यवसायमा अब्बल र सफल हुनुहोस्, धेरैभन्दा धेरै आर्जन गर्नुहोस्, राज्यलाई कर तिर्नुहोस्, आफ्नो व्यवसायको विकास र विस्तार गर्दै व्यवसायमा आफ्नो हैसियत व्यापक रुपमा बढाउनुहोस् । बाँकी पाँच दिन पार्टीलाई समय दिनुहोस्, संगठनको काम गर्नुहोस्, कामको उचित बाँडफाड गर्नुहोस् । यो काम गर्न म सबैमा हार्दिक आग्रह गर्न चाहन्छु । यस क्षेत्रमा उच्च अनुशासन, विशिष्ट संस्कृति र संस्कारका साथ काम गर्न जरुरी छ । राजनीतिक नेतृत्व र व्यवसायिक नेतृत्व फरकफरक ढंगले अनुभुति हुने गरी विशिष्टीकृतढंगले अगाडि बढ्न जरुरी छ ।

IMG_0813३६४ दिन पार्टी संगठन भन्ने एक दिन उल्टापाल्टा कुरा गर्ने काम रोकी, ३६४ दिन व्यवसायिक र एक दिनचाहिं अनुसाशन र दृढताकासाथ पार्टी र संगठनको काम अगाडि बढाउनुपर्छ । हामीले व्यवसायीहरुलाई पार्टीको झण्डा बोकेर, रातो झण्डा फरफराएर मात्रै अगाडि बढ्नुहोस्, यो नै तपाईँहरुको लागि बाध्यकारी छ भनेका छैनौँ । व्यवसाय गर्नुहोस्, सँगसँगै पार्टीलाई सहयोग गर्नुहोस् र समग्रतामा यो देश, पर्यटन र जनताको समृद्धिको आकांक्षा संबोधनमासहयोग गर्नुहोस् ।

पर्यटन व्यवसाय प्राविधिक हिसाबले दक्षताका साथ काम गर्ने व्यवसाय हो । त्यस निम्ति पनि आज सूचनाप्रविधिको उपयोगलाई मध्यनजर गरेर व्यापक लाभ उठाउने कुरामा पनि पोख्त बन्दै अगाडि बढ्नु उचित हुन्छ । व्यवसायीहरु स्वयम्ले यो आवश्यकतालाई गम्भीरताका साथ बोध गर्नुभएको छ र उहाँहरु एकताबद्ध भएर सामुहिक भावनाका साथ अगाडि बढ्नुभएको छ । संगसंगै व्यवसायीहरुले व्यवसायी–व्यवसायीबीच प्रतिस्पर्धा पनि गर्नुहोस् । त्यसमध्ये आफु–आफुबीचको मैत्रिपुर्ण प्रतिस्पर्धामा अगाडि बढ्नेले आफुलाई व्यवसायिक रुपमा अझ स्थापित भएर यस क्षेत्रमा लान सकिन्छ । आफुबीचको मैत्रीपुर्ण प्रतिस्पर्धालाई बढावा दिई आफुलाई काबिल रुपमा अगाडि बढाउनुहोस् । पार्टी र संगठनको भरपर्दो साझेदारका रुपमा अगाडि बढ्नुहोस् भन्ने मेरो विशेष आग्रह छ ।

प्रकाशित मिति : २४ माघ २०७२ / ४:१३

वि.सं.२०७२ माघ २४ आइतवार १६:५७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...