back
mega bank Ad
Hero Ad

सवारी साधनको भाडा घट्यो, आजबाट लागु हुने

काठमाण्डौं । यातायात व्यवस्था विभागले सवारी साधनको भाडादर आजबाट लागू हुनेगरी घटाएकोछ । विभागले सवारी साधनको भाडादर १ दशमलव ६३ प्रतिशतदेखि ३ दशमलव २४ प्रतितसम्म घटाएको छ । हिजो भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थाको बैठक अनुसार भाडा घटाइएको हो ।

जसअनुसार सवैभन्दा बढी तराइ क्षेत्रमा चल्ने मालवाहक सवारीसाधनमा ३ दशमलव २४ प्रतिशतले भाडा घटाइएको छ । यसैगरी, पहाडतर्फ चल्ने सवारीसाधनमा भने ३ दशमलव १० प्रतिशतले भाडा घटाइएको छ ।

विभागले यात्रुवाहक सार्वजनिक सवारीसाधनमा भने २ दशमलव २२ प्रतिशतले भाडा घटाएको छ । यता ट्याक्सीमा भने १ दशमलव ६३ प्रतिशतले भाडा घटाइएको छ । काठमाडौंमा चल्ने सवारीसाधनमा भने पुरानै भाडादर कायम गरेको छ । जस अनुसार न्युनतम १३ रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्म निर्धारण गरेको छ ।

माघ २५, २०७२, ८.००

वि.सं.२०७२ माघ २५ सोमवार १०:४४ मा प्रकाशित

You can share this post!

७५ वर्षमा सात संविधान, संविधान निर्माणका तीनवटै प्रक्रियामा के थियो अभ्यास ?

७५ वर्षमा सात संविधान, संविधान निर्माणका तीनवटै प्रक्रियामा के थियो अभ्यास ?

वि.सं.२०७९ असोज ३ सोमवार १३:१८

काठमाडौं । नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास...

पर्यटकको  आकर्षित गन्तव्य बन्दै हर्नामाडीको मूर्ति बगैँचा

पर्यटकको आकर्षित गन्तव्य बन्दै हर्नामाडीको मूर्ति बगैँचा

वि.सं.२०७९ जेठ २० शुक्रवार १२:२०

हेटौंडा । मकवानपुरको हेटौंडाबाट धरान चतारा रोड भनिने मदन भण्डारी...

प्रचण्डको बोलीले सेयर बजारमा लाग्ने भयो निरासाको गोली

प्रचण्डको बोलीले सेयर बजारमा लाग्ने भयो निरासाको गोली

वि.सं.२०७८ मंसिर २६ आइतवार १९:२०

काठमाडौं । यतिवेला नेकपा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा अर्थमन्त्रीमा...

बढ्दो भ्रुण हत्याले महँगिँदै मधेसका महिला

बढ्दो भ्रुण हत्याले महँगिँदै मधेसका महिला

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १४:४२

सप्तरी । तराई मधेसमा छोरीको संख्या पहिलेको तुलनामा न्यून हुदै...

संरक्षित क्षेत्रमा बिना तस्करको बिगबिगी, वनैभरी पासो

संरक्षित क्षेत्रमा बिना तस्करको बिगबिगी, वनैभरी पासो

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १३:३१

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका जंगलभरी...

कोरोना महामारीले बन्द भद्रपुर नाका डेढ वर्षपछि खुल्यो

कोरोना महामारीले बन्द भद्रपुर नाका डेढ वर्षपछि खुल्यो

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १५:२०

झापा । सरकारले सबै नाका खोल्ने निणर्य गरेको एक महिनापछि...