
काठमाण्डौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मा ८० करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । उनले आफ्नो नाफा ३६ प्रतिशतले बढाएको छ ।
यो नाफा गत वर्षको भन्दा २१ करोड २७ लाख रुपैयाँले धेरै भएको बैंकले जनाएकोछ । हिमालयन बैंकले यो अवधिमा ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढाएको छ। बैंकले ब्याज आम्दानी १५ करोड रुपैयाँले बढाएको छ भने सञ्चालन नाफा ३५ करोड रुपैयाँले बढाएको छ।
चार अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको रिजर्वमा तीन अर्ब २६ करोड रुपैयाँ रहेको छ। बैंकको यो अवधिमा खराब कर्जा अनुपात भने बढेको छ। गत वर्ष २.१२ प्रतिशत खराब कर्जा रहेकोमा बैंकको यो अवधिमा खराब कर्जा अनुपात ३.१६ प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ३५.६६ रुपैयाँ छ।
माघ २५, २०७२/ ८.००
वि.सं.२०७२ माघ २५ सोमवार ११:२२ मा प्रकाशित