back

जिफन्टले थाल्यो बैंक/वित्तिय क्षेत्रका श्रमिकको राष्ट्रिय संघ निर्माण अभियान

काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले विभिन्न बैंक, सहकारी, माइक्रोफाइनान्स, बिमा कम्पनी लागायतका वित्तिय क्षेत्रमा कार्यरत श्रमिकलाई संगठित गरि राष्ट्रिय संघ निर्माणका लागि विशेष अभियान पूर्वाञ्चलबाट अगाडि बढाएको छ ।

जिफन्टका सचिब दिनेश राईको नेतृत्वमा एक समूहले शुक्रबारदेखि पूर्वाञ्चलमा विभिन्न स्थानमा भेला गरिरहेको छ । शुक्रबार बिराटनगर पुगेको समूहले अभियान अन्तर्गत जिफन्ट कोशी अञ्चल कार्यालयबाट पूर्बाञ्चल क्षेत्रमा रहेका बित्तीय क्षेत्रका कर्मचारीहरुको छुट्टाछुट्टै भेलाको योजना बनाएको थियो ।

समूहले माघ २४ गते बिराटनगरको कृष्ण पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि नेरुडे लघु बित्त बैंक, फर्वाड कम्युनिटी माइक्रोफाइनान्स, प्रभु बैंक, जीवन विकास बैंक सहित बिराटनगरमा रहेका विभिन्न सहकारीहरुमा कार्यरत कर्मचारीहरुको छुट्टाछुट्टै भेला सम्पन्न गरेको छ । आफ्ना अधिकार रक्षाका लागि यूनियन दर्ता आवश्यक रहेको भन्दै बैंक वित्तिय क्षेत्रका श्रमिकहरुले उल्लेख्य सहभागीता जनाएर यूनियनमा आबद्ध भईरहेको जिफन्ट कोशी अञ्चल अध्यक्ष किशोर धमलाले बताएका छन् ।

महासंघको सगंठन विस्तार, नयाँ सदस्य बिस्तार अभियान अन्तर्गत मोरङको विभिन्न बैंक, वित्त, लघुवित्त, फाईनान्स, माईक्रोफाईनान्स, सहकारीमा आबद्ध १ हजार श्रमिकको सहभागीतामा ६ वटा भेला सम्पन्न भएको छ ।

त्यसैगरि सुनसरीमा ४ सय श्रमिकको सहभागीतामा २ वटा भेला सम्पन्न भएको छ । उक्त अवसरमा जिफन्ट सचिव राईले श्रमिकका हकहितका लागि जिफन्टका नीति तथा कार्यक्रमका साथै सामाजिक सुरक्षाकोष, राज्यको हरेक निकायमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व र वित्तिय क्षेत्रमा कर्मचारीले भोग्न परेको समस्याका बारेमा जानकारि गराएका थिए ।

अभियानमा जिफन्ट बागमति अध्यक्ष रामहरि नेपाल, जिफन्ट युवा अध्यक्ष दामोदर सापकोटा, युनिट्राभका महासचिव सुमन पराजुली सहभागी छन् ।

एक महिने अभियान अन्तर्गत माघ १७ गते काठमाडौबाट प्रारम्भ भएको यो अभियान पूर्वाञ्चल विभिन्न स्थान हुंदै पश्चिमाञ्चलसम्म पुगि सम्पन्न गर्ने कार्यक्रम रहेको छ । अभियान पश्चात् देशैभरीबाट बैंक वित्तिय क्षेत्रका श्रमिकहरुको प्रतिनिधित्व गराइ चैत्र अन्तिम साता बृहत भेला गरि राष्ट्रिय संघ निर्माण गर्ने कार्यक्रम रहेको अभियानका सदस्य एवं युनिट्राभका महासचिव सुमन पराजुलीले जानकारी दिए ।

२५ माघ २०७२

वि.सं.२०७२ माघ २५ सोमवार १९:३८ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...