काठमाण्डौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री शुष्मा स्वराज भोलि नेपाल आउने भएकी छन्।
यस अघि नै, कोइरालाको निधनलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदार दास मोदीले भारतले एक असल साथी गुमाएको भन्दै शोक व्यक्त गरेका थिए ।
आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले कोइरालाको अन्त्येष्टि भोलि गर्ने र विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने निर्णय गरेको हो । कोइरालाको भोलि रंगशालाबाट बागबजार, मैतिदेवी हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा गराइने भएकोछ।
२६ माघ २०७२, १२.००
वि.सं.२०७२ माघ २६ मंगलवार १२:०१ मा प्रकाशित