
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७७ वर्षको उमेरमा मंगलबार राति भएको निधनप्रति दुःख व्यक्त गर्दै सिंगो निजी क्षेत्र नै स्तब्ध भएको जनाएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै महासंघले नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाको निधनबाट मुलुकलाई अपुरणीय क्षति पुगेको ठहर गरेको छ ।
निजी क्षेत्रका हिमायती कोइराला मुलुकको आर्थिक विकासका लागि सदा चिन्तित रहेको पनि महासंघले जनाएको छ । निजी क्षेत्रसँगको हरेक भेटघाट र बैठकमा उनले मुलुकको आर्थिक विकासमा लाग्न निजी क्षेत्रलाई सदैव प्रेरित गरेको पनि पनि महासंघले जनाएको छ ।
२६ माघ २०७२, १.००
वि.सं.२०७२ माघ २६ मंगलवार १३:४१ मा प्रकाशित