
काठमाडौं । बंगलादेशमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पाँचौ स्थानका लागि मंगलबारको खेलमा नेपाल पाकिस्तानसंग १२२ रनले पराजित भएको छ।
टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको दुई सय ५९ रनको चुनौती पच्छ्याएको नेपाली युवाको टिम ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमै समेटिएपछि फराकिलो हार व्यहोरेको हो ।
यसअघि निर्धारित ५० ओभरको खेल खेल्दै पाकिस्तानले ८ विकेटको क्षतिमा दुई सय ६८ रन बनाएको थियो ।
नेपालले पराजय भोगेपनि प्रेम तामाङको पारी उत्कृष्ट रह्यो । नटआउट रहेका अर्धसतक पुरा गर्दै ९१ बलमा ६५ रन बनाउन सफल भए ।
नेपालका लागि प्रेमबाहेक अरु सबै खेलाडीको प्रदर्शन विर्सन लायक रह्यो । प्रेमपछि सर्वाधिक स्कोर राजु रिजालको नाममा रह्यो ।
उनले १५ रनमात्र जोड्न सके । त्यसपछि सुवास कँडेलले १० रनमात्र जोडे ।अन्य कुनै पनि नेपाली खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् ।
पाकिस्तानका लागि हसन मोसिनले ४ तथा इरफान लियाकत र सैफ अलिले २/२ विकेट लिन सफल भए ।
२०७२ माघ २६
वि.सं.२०७२ माघ २६ मंगलवार १९:०६ मा प्रकाशित