back

सहकारी भनेको समाजवादी अर्थतन्त्रको जग हो : मन्त्री केसी

Kumari bank ad

काठमाण्डौं । नयाँ आउन लागेको सहकारी ऐनबारे उपप्रधानमन्त्री एवं सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसी भन्छन् :

सहकारी भनेको समाजवादी अर्थतन्त्रको एउटा जग नै हो । ०४८ मा बनेको जुन सहकारी ऐन छ, त्यसका आधारमा अहिलेसम्म सहकारीहरु सञ्चालन हुँदै आए । मैले सहकारीको के विकृति९विसंगति फेला पारेँ भने विभिन्न किसिमका नाम राख्ने, तर खास काम भने बचत र ऋणको गर्ने ।

यसमा पनि सहर-बजारका सहकारी खासगरी काठमाडौंका सहकारीले बहुउद्देश्यीय भनेर जे९जे राम्रा नाम राखे पनि मूल काम बचत र ऋणको गरेको पाएँ । त्यसकारण ०४८ सालको कमी९कमजोरीलाई हटाएर नयाँ ऐन आवश्यक रहेको हामी धेरैलाई महसुस भएको छ ।

अहिले सहकारीका मूल्य-मान्यता, सिद्धान्तलाई आधार बनाएर मन्त्रालयले नै नयाँ मस्यौदा तयार गर्‍यो । यो मस्यौदा तयार गर्दा मन्त्रालयले सहकारी अभियन्ता भन्नेहरुलाई समेत राखेर छलफल गर्‍यो, अनि मात्र यो मस्यौदा आएको हो । विधेयकको ड्राफ्ट भइसकेपछि अर्थ मन्त्रालयमा गयो, उसले स्वीकृति दिएर यता पठायो । कानुन मन्त्रालयबाट स्वीकृत भएर आयो । अहिले मन्त्रिपरिषदबाट विधेयक समितिमा गएको छ ।

बाहिर के कुरा आएको छ भने, मस्यौदाले सहकारी आन्दोलनलाई, सहकारीको सिद्धान्त, मूल्य-मान्यतालाई ध्वस्त पारेको छ । विशेषगरी सहकारीको नाम बैंक वा कम्पनी समेतले दुरुपयोग गरिरहेका छन्, ती पक्षले व्यापकरुपमा यो नयाँ आएको मस्यौदालाई विरोध गर्दै हिँडेका छन् ।

ती विरोध गर्नेलाई पनि हामीले भेटेर कुरा गरेका छौँ । खासगरी सदस्यता, कार्यक्षेत्र लगायतका आधारभूत कुरालाई उल्लंघन गरी सहकारीको नाम बेचेर फाइदा उठाउनेहरु यो मस्यौदाबाट छटपटिएका छन् ।

सहकारीको नाम बेचेर, तर मारेर खान पल्केकाहरु यो मस्यौदादेखि तर्सेका छन्, छटपटिएका छन् । अहिले मस्यौदा छलफलमा छ, त्यसैले अहिले हामीले यसलाई बढी प्रचारमा ल्याएका छैनौँ । तर, सहकारीको नाममा फाइदा लिनेहरुले आफ्नो चाहनाअनुसार यो मस्यौदा खत्तम छ भनेर प्रचार गरिरहेका छन् ।

स्पष्ट सहकारीको सिद्धान्त के हो भने सञ्चालक र कार्यकारी प्रमुख एउटै व्यक्ति हुनुहुँदैन । तर, यहाँ व्यवहारमा सञ्चालक पनि आफैँ, कार्यकारी प्रमुख पनि आफैँ रहेको अवस्था छ ।

सहकारीमा जागिर पनि आफैले खाने, सञ्चालक पनि आफै हुने । यसरी जुन तत्वबाट सहकारीका आधारभूत सिद्धान्तलाई उल्लंघन गरेर सहकारी आन्दोलनलाई ध्वस्त पार्ने काम गरिएको छ, त्यसलाई नियन्त्रण गर्न र ट्रयाकमा ल्याउन अहिले मन्त्रालयले प्रयत्न गरिरहेको छ । तर, यो प्रयत्न असफल पार्न पनि एउटा पक्ष लागिरहेकै छ । उनीहरुका बाहिर आएका जुन भनाइ, आरोप९लाञ्छना छन्, ती कति सत्य तथ्य छन्, यो मस्यौदालाई हेरेर खुट्याउनुपर्छ ।

विधेयकको विरोध गर्नेहरु जुलुस नै लिएर प्रधानमन्त्रीकहाँ गएका छन् । पाँच वर्ष यो मस्यौदा पास हुन दिँदैनौँ भनेका छन् । सहकारीको खेती गरेर, सहकारीको मूल्य९मान्यता, सिद्धान्तका विपरीत गएर सहकारीबाट फाइदा लिने सीमित मान्छेहरुले मस्यौदाविरुद्ध अभियान चलाएर जनतालाई भ्रम पारिरहेका छन् ।

सहकारीसँग रीस उठ्यो भन्दैमा मन्त्रीको घरको टेबुलमा धुलो थियो भनेर समाचार छापेर त भएन नि । कुरा एकातिर छ, पत्रकारले पनि ध्यान दिनुपर्‍यो । तपाईं पत्रकार साथीहरुले मस्यौदा अध्ययन गरी सहकारी अभियानलाई अगाडि बढाउन कति ठीक, कति बेठीक छ, यथार्थ बाहिर ल्याउन आवश्यक छ ।

यतिसम्म भइरहेको छ कि, सहकारी क्षेत्रमा लामो समय काम गरेका एकजना उपसचिवलाई हटाउन पूरै शक्ति लागिरहेको छ । ती उपसचिवबारे एउटा साप्ताहिकले पनि लेख्यो उपसचिव बाबुराम भुसालले तीन लाख रुपैयाँ तलब खान्छन् भनेर । किनभने, सहकारीको नाममा फाइदा लिनेहरुको भरिया भएन भनेरै यो समाचार आयो । जब कि उनले सहकारीको मूल्य९मान्यता र सिद्धान्तलाई कायम गर्न साथ दिइरहेका छन् । तर, उनलाई हटाउन, लखेट्न लागिरहेकै छन् ।

बाहिर प्रचार छ कि मन्त्री पनि नयाँ, सचिव पनि नयाँ, त्यसैले केही कर्मचारीले उनीहरुको बुद्धि भुटे भनेर । तर, ऐन लुकेर ल्याउने चिज हो र रु कानुन मन्त्रालयमा यो मस्यौदा पुग्दा त्यहाँका मन्त्री र सचिवले नहेरी त यता पठाएनन् । राष्ट्र बैंकमा पनि यो मस्यौदा गयो, उसले पनि नहेरी त स्वीकृति दिएन होला ।

त्यसैले सहकारीको नाम बेचेर, तर मारेर खान पल्केकाहरु यो मस्यौदादेखि तर्सेका छन्, छटपटिएका छन् । यो त राम्रो कुरा हो नि ।

मेरो मन्त्रालय आउनुभयो भने देख्नुहुन्छ, कति धेरै सहकारीबाट ठगिएका, लुटिएकाहरु आउँछन्, बर्बाद भएँ, न्याय पाउँ भनेर । अवस्था यस्तो छ । तर, राज्यले केही गर्दैन । यो ऐन आयो भने ती ठगिएका, लुटिएकाहरुलाई पनि केही गर्न सकिन्छ ।

यो ऐन आयो भने, आगामी दिनमा सहकारीको नाम बेचेर खान खोज्नेलाई ठेस लाग्छ । त्यसैले उनीहरु आत्तिएका छन् ।

प्रकाशित: अनलाईन खबर, माघ २७, २०७२, ११.००

वि.सं.२०७२ माघ २७ बुधवार ११:३० मा प्रकाशित

You can share this post!

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना   

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना   

वि.सं.२०८० मंसिर १८ सोमवार ०६:४०

बारा (सिमरा) १७ मङ्सिर : सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ...

जलवायु सम्मेलनमा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता   

जलवायु सम्मेलनमा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता   

वि.सं.२०८० मंसिर १८ सोमवार ०६:३३

काठमाडौँ, १७ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी...

आज १८ मंसिर २०८० सोमवार, यस्तो छ आजको राशिफल

आज १८ मंसिर २०८० सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८० मंसिर १८ सोमवार ०६:२२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...