
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले समितिले प्रशासनमा पाँचजना र कानुन समूहमा सातजना गरी १२ जना अधिकृत नियुक्त गर्न दरखास्त खुलाएको छ ।
त्यस्तै समितिले मधेशी कोटाबाट एकजना सहायक प्रथमका लागि पनि दरखास्त दिन आव्हान गरेको छ । समितिले प्रशासन समूहमा एकजना महिला र एकजना अदिवासी जनजातिका लगि कोटासमेत तोकेको छ । त्यसमध्ये प्रशासन र कानुन उपनिर्देशक सरहको अधिकृत द्धितियका लागि एकरएक जनाका लागी उमेरमा ४५ वर्ष ननाघको हुनुपर्ने जनाएको छ।
प्रशासन र कानुन सहायक निर्देशकका लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने बीमा समितिले जनाएको छ । त्यसैगरी सहायक प्रथमका लागि स्नातक उत्तीर्ण गरेको र २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने समितिले जनाएको छ ।
कानुनमा सातजना मध्ये तीनजना खुल्ला प्रतिस्पर्धाबाट अवेनन दिन भनेको छ भने महिला अदिवसी र मधेशीका लागी पनि कोटा रहेको बीमा समितिले जनाएको छ । आवेदन दिन चाहनेले अबको ३० दिन भित्रमा आवेदन दिनु पर्नेछ। तीनै समूहमा आवेदन दिन चाहनेले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तिर्ण गरेको हुनुपर्नेछ।
माघ २७, २०७२, १२.००
वि.सं.२०७२ माघ २७ बुधवार १२:०९ मा प्रकाशित