
काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब चार करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा १७३ प्रतिशतले बढाएको हो ।
बैंकले यो अवधिमा एक अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो ब्याज आम्दानी गत वर्षको समान अवधिको तुलनामा ४३ करोड रुपैयाँले बढेको हो । त्यस्तै नेपाल बैंकले ४६ करोड १९ लाख रुपैयाँ पुरानो ऋण पनि उठाएको छ। यसले पनि बैंकको नाफा बढाउन सहयोग गरेको बताइएकोछ ।
माघ २७, २०७२, १२.००
वि.सं.२०७२ माघ २७ बुधवार १२:१४ मा प्रकाशित