
काठमाडौं । एसयुभी नयाँ फोर्ड एन्डेभर गाडी आज बुधबारबाट नेपाली बजारमा उपलब्ध हुने भएको छ ।
आकर्षक डिजाइन र उत्कृष्ट क्षमताको यो गाडीमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । यसको नयाँ विशेषतामा सिटको सजिलोपना, फोर ह्वील ड्राइभ, चालकमैत्री फ्रन्टसीटका साथै आकर्षक बडी रहेको छ। इन्धन किफायती हुने गरी बनाइएको नयाँ फोर्ड एन्डेभर २२ सय र ३२ सय सिसी इन्जिनमा उपलब्ध छ ।
यो ६ किसिमका रंगहरुमा उपलब्ध छ । यो गाडी छिटै नै नेपाली बजारमा लोकप्रिय हुने विश्वास कम्पनीले लिएकोछ ।
माघ २७, २०७२/ १२.००
वि.सं.२०७२ माघ २७ बुधवार १२:२४ मा प्रकाशित