
काठमाडौं । डेरी क्षेत्रको समस्या सुल्झाउनका लागि रिसर्च सेन्टर आवश्यक रहेको भन्दै नेपाल डेरी एसोसिएसनले काभ्रेको नालामा डेरी रिसर्च सेन्टर स्थापना गर्ने भएको छ ।
एसोसिएसनमा अहिले निजी क्षेत्रबाट सञ्चालित १ सय ७५ वटा डेरी उद्योग आवद्ध रहेका छन् । देशको कुल ग्रार्हस्थ उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान रहेको एसोसिएसनको भनाई छ ।
एसोसिएसनका अनुसार अहिले निजी दूध उद्योगमा मात्र १५ अर्बको लगानी रहेको र २० हजार बढीले उद्योगस्तरमै रोजगारी पाएका छन् ।
माघ २७, २०७२, १२.००
वि.सं.२०७२ माघ २७ बुधवार १४:३३ मा प्रकाशित