back

‘बोक्सो’ आरोपमा हेटौंडामै जलाइयो ८६ वर्षिय बृद्ध

Kumari bank ad

काठमाडौँ । ‘बोक्सो’ आरोपमा ८६ वर्षीय वृद्धलाई पेट्रोल छर्की जलााएर छिमेकीले हत्या गरेका छन् । हेटौंडा उपमहानगरपालिका–८ का वृद्ध हस्तबहादुर मगरलाई छिमेकी ६४ वर्षीय कृष्णबहादुर मगरले ‘भेदा बूढा’ को आरोपमा घरभित्रै पेट्रोल छर्केर जलाएका हुन् । कृष्णबहादुरको जीउ चिलाउने र राता खटिरा आउने समस्या थियो । वृद्धले भेदेर शरीरमा खटिरा आएको ठानेर उनले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

प्रहरीका अनुसार कृष्णबहादुरले एक साताअघि राजधानीका ज्योतिषीलाई देखाएका थिए । ज्योतिषीले घर नजिकका बूढा मान्छे झाँक्री जस्तो भएको र त्यसैले मसान उठाएर लगाएकाले रोग लागेको बताएका थिए । कृष्णबहादुरले वृद्धका छोरा वीरबहादुरलाई पनि ४ वर्षअघि सुतेका बेला पेट्रोल छर्केर हत्या प्रयास गरेका थिए । वीरबहादुरले त्यतिबेला भागेर ज्यान बचाएका थिए । त्यो बेलादेखि बोलचाल थिएन ।


आफूलाई जलाउने प्रयासपछि वीरबहादुर कोठा भाडामा लिएर बस्न थालेकाले घरमा वृद्ध एक्लै हुन्थे । हस्तबहादुर गाउँघरमा बिरामीलाई फुकफाक गर्नुका साथै घर वरिपरिको जग्गामा खेती गर्थे ।

प्रहरी अनुसन्धानअनुसार पुस २८ गते राति कृष्णबहादुरको जीउ चिलाउनुका साथै खटिरा आए । उनले ज्योतिषका कुरा सम्झिए । पुस २९ गते बिहान ३ सय रुपैयाँमा एक बोतल पेट्रोल किनेर घरमा राखे । साँझ ८ बजेतिर छाप्रामा वृद्ध निदाएको मौकामा पेट्रोल छर्की आगो सल्काएर बाहिरिए । हस्तबहादुर छाप्रोसँगै जले ।

सुरुमा गाउँलेले जाडोमा आगो बाल्दा घरसँगै जलेर वृद्धको मृत्यु भएको ठानेका थिए । प्रहरीले मुचुल्का लेख्ने क्रममा केही स्थानीयले मृतकका छोरालाई ४ वर्षअघि छिमेकी कृष्णबहादुरले जलाएर हत्या गर्न खोजेको बताएका थिए । त्यही आधारमा प्रहरीले वीरबहादुुरसँग विगत घटनाबारे जानकारी लिएको थियो । वीरबहादुरले प्रहरीसमक्ष कृष्णबहादुरले आफूलाई जलाएर मार्न खोजेकाले बाबुलाई पनि उसैले आगो लगाएको आशंका गरेपछि प्रहरीले कृष्णबहादुरलाई मंगलबार पक्राउ गरेको हो । सोधपुछ गर्दा ‘भेदा बूढा’ भनेर आगो लगाएर जलाएको तथ्य पत्ता लागेको प्रहरी उपरीक्षक मीरा चौधरीले बताइन् । कृष्णबहादुरले ‘झाँक्री बूढा’ले आफूलाई भेदेर संधै जीउ चिलाउने र शरीरभरि राताराता खटिरा आउने गराएकाले पेट्रोल खन्याएर जलाइदिएको प्रहरीलाई बयान दिएका छन् । कान्तिपुर

२८ माघ २०७२

वि.सं.२०७२ माघ २८ बिहीवार ०९:२९ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...