
काठमाण्डौं । गत पुस ९ गतेदेखि खाली भएको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदका लागि चार जनाको नाम सिफारिस गरिएता पनि हालसम्म कोही पनि नियूक्त हुन सकेको छैन ।
१६ जना कार्यकारी निर्देशक मध्येबाट गभर्नरले ४ जनाको नाम छानेर अर्थमन्त्रालयमा पठाएका हुन् । गभर्नर चिरञ्जीवी नेपालले आफ्नो कोटाबाट त्रिलोचन पङ्गेनी, शिवनाथ पाण्डे र नारायण पौडेलको नाम सिफारिस गरेका छन् भने नेकपा एमालेको तर्फबाट चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेका छन् ।
राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर हुन्छन्। त्यसका लागि चार जनाको नाम सिफारिस गर्नु पर्ने कानुनी व्यवस्था छ। मन्त्रीपरिषदले चारमध्ये दुईलाई नियुक्त गर्नेछ ।
माघ २८, २०७२
वि.सं.२०७२ माघ २८ बिहीवार १०:३४ मा प्रकाशित