back

जय नेपाल भनेको नेपालको जय हो : स्वर्गीय सुशील कोइराला

चितवन । पूर्व प्रधानमन्त्री स्व सुशील कोइरालाका विभिन्न स्वभावहरुमध्ये आफूले कार्यक्रममा बोलिसक्दै गर्दा तीन पटक ‘जय नेपाल’ भन्ने र भन्न लगाउने स्वभाव सबैका लागि अनौठो र परिचित छ।

सबै काँग्रेस कार्यकर्ताको उपस्थितिमा यो सहज भएपनि कार्यक्रममा अन्य दलका प्रमुख नेता उपस्थित हुँदा भने कोइरालाले अनुमति माग्ने र जय नेपालको व्याख्या गर्ने गरेको पाइन्थ्यो ।

गतवर्ष चितवनको क्षेत्र नं ४ बाट निर्वाचित भएपछि कोइराला प्रधानमन्त्री बने। क्षेत्र नं ४ कै शिवनगरको नारायणी विद्या मन्दिरले आफ्नो स्वर्ण महोत्सवमा त्यही विद्यालय पढेका एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल र सोही क्षेत्रका सांसदसमेत रहेका कोइरालालाई निम्तो दियो ।

समय यस्तो थियो प्रधानमन्त्री र विपक्षी दलका बीचमा निकै दरार बढेको थियो। धेरैले भने, कोइराला र दाहालको चितवनको भेटसँगै सरकार र विपक्षी दलको सम्बन्ध सुध्रियो ।

कार्यक्रममा आफ्नो मन्तव्य टुङ्ग्याउनै लाग्दा अन्य कार्यक्रममा जस्तै गरी कोइरालाले ‘जय नेपाल’ भन्न सुरु गर्नै आँट्दा दाहाललाई सम्झिए। ‘जय नेपाल’ भन्न छोडेर उनले दाहालसँग अनुमति मागे।

दाहालको अनुमतिसँगै ‘जय नेपाल’ को खास व्याख्या उनले सुरु गरे । “जय नेपाल भनेको नेपालको जय हो ।” कोइरालाले थपे “सबैको जय हो, हिमालमा बस्नेको जय, पहाडमा बस्नेको जय, तराईमा बस्नेको जय हो, सबैको जय हो।” उनले अझै अगाडि थपे “महिला, जनजाति, आदिवासी, दलित, अपाङ्ग, अल्पसङ्ख्यक, मुस्लिम सबैको जय हो।” उनले भने “किसान, मजदुरको पनि जय हो, जबसम्म नेपालको जय हुँदैन तबसम्म कसैको पनि जय हुँदैन। त्यसकारण हामीहरु जय नेपाल भन्छौँ” । दाहालतिर फर्किएर कोइरालाले थप भने “यसलाई कांग्रेसीको हो भनेर भन्छन्, त्यो होइन, त्यसरी लिनु पनि हुँदैन।” फेरि कोइरालाले दाहालसँग अनुमति मागे “म तीन पटक जय नेपाल भन्छु, सबैले भन्नुहोला।” कार्यक्रममा सहभागी सबैले एकैसाथ कोइरालासँगै ‘जय नेपाल’ भने। मञ्चमै रहेका दाहालले भने तीनै पटक टाउको तलमाथि हल्लाए, अनि मुस्कुराए।

सुशील कोइराला भन्नेबित्तिकै यहाँका सर्वसाधारणले ‘जय नेपाल’ सम्झिने गर्दछन्। चुनावको दौडानमा आयोजना गरिएका सबै कार्यक्रममा कोइरालाका धेरै कुरा नसम्झे पनि सबैले सम्झने शब्द थियो ‘जय नेपाल’।

देशले लामो सङ्घर्षपछि जनताकै प्रतिनिधिबाट संविधान पायो। रुष्ट बनेका मधेसी दलहरु पनि संविधान संशोधनसँगै कोइरालाको निधनको अघिल्लो दिन नाका छोडेर नेपाली जनजीवनलाई सहज बनाउनतर्फ लागे। तर देशमा अझै जय हुन भने सकेको छैन। कोइरालाको ‘जय नेपाल’ले सार्थकता पाए मात्रै उनको सपना साकार हुने यहाँका सर्वसाधारणको भनाइ छ। रासस

माघ २८, २०७२, ७.३०

वि.सं.२०७२ माघ २८ बिहीवार १२:३७ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...