back

५० वर्षेको हत्या आरोपमा पक्राउ परिन् १९ वर्षीय युवती

Kumari bank ad

झापा । स्थानीय कनकाई नगरपालिका–३ निवासी ५० वर्षीय मनोरथ पाठकको हत्या आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ निवासी १९ वर्षीया प्रमिला विक रहेकी छिन्। इलाका प्रहरी कार्यालय अनारमनी प्रहरीनायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार विकलाई भद्रपुरबाट दुई दिनअघि पक्राउ गरिएको हो।

ती किशोरीलाई प्रहरीले आज जिल्ला अदालत झापामा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेपछि मात्र सार्वजनिक गरेको हो। गत माघ १७ गते झापाको बिर्तामोडमा रहेको बीएन्डवाई होटलमा पाठक मृत भेटिएका थिए।

माघ ११ गतेदेखि उक्त होटलमा विकसँगै बस्दै आएका पाठक मृत अवस्थामा फेला पर्नु र युवती फरार रहनुले घटना रहस्यमय भएको प्रहरी नायब उपरीक्षक खत्रीले बताए ।

विकले नै पाठकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खत्रीको भनाइ छ। रासस

माघ २८, २०७२, २.४५

वि.सं.२०७२ माघ २८ बिहीवार १५:१३ मा प्रकाशित

You can share this post!

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:१३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको...

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...